अन्तराष्ट्रिय व्याडमिन्टन सिरिजको उपाधी दार्चुलाका प्रिन्सलाई,, उपाधी जित्ने नेपालकै पहिलो खेलाडी ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाका प्रिन्स दाहालले दुवई जुनियर इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष यु–१५ सिरिज उपाधी जितेका छन् । आइतबार दुबैमा भएको १५ वर्षमुनिको जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी दार्चुलाका प्रिन्स दाहाले जितेका छन् ।
दार्चुलाको महाकाली नगरपालिकाले प्रिन्सले फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनलाई हराउदै जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको उपाधी हात पारेका हुन् ।
नेपालबाट उमेर समूहको कुनैपनि अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी थिए भने उपाधी जित्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि यो उमेर समूहका कुनै पनि खेलाडी फाइनलमा समेत पुग्न सकेका थिएनन् । दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चे्िटयालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका थिए । इन्डोनेसियाका क्रिस्टियनले भारतका युनिथ कृष्णलाई २१–१९ र २१–१७ ले पराजित गर्दै प्रिन्ससँगको भेट पक्का गरेका हुन् । तर प्रिन्ससंगको भेटमा क्रिस्टियन पराजित भएका छन् ।
यो उमेर समूहको उपाधी जित्ने पहिलो खेलाडी बने पछि प्रिन्सको गृह दार्चुलामा खुशीयाली मनाइएको छ ।
 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको