२८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अबसरमा बृद्धबृद्धाहरु सम्मानित ।।

नयाँ नेपाल समाचार दार्चुला ।
आज असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस दार्चुलामा पनि विभिन्न कार्यक्रम गरी २८ औँ जेष्ठ नागरिक दिवस मनाइएको छ । संघीय मामिला तथा समान्य प्रशासनको पत्राचार अनुसार दार्चुलाका सबै स्थानीय तहले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै देशभरीका स्थानीय तहलाई दिवस मनाउन पत्राचार गरेको थियो । सोही अनुसार दार्चुलाका स्थानीय सरकारले “जेष्ठ नागरिक मानव अधिकार अभियन्ताहरुको अभिनन्दन गरौँ” भन्ने नाराका साथ २८ औँ जेष्ठ नागरिक दिवस मनाएका हुन् ।
दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानीय तहले जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेका छन् । बुढेसकालमा आफ्नै सन्तानबाट समेत अपहेलित हुने बृद्धबृद्धाहरुको सम्मानका लागि संयुक्त राष्ट्र संघले जेष्ठ नागरिक दिवस मनाउन सुरु गरेपश्चात् नेपाल पनि जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा