पहिलो पटक दार्चुलामा पनि स्वास्थ्य विमा कार्यक्रम लागु हुदै,, १६ गतेदेखि अभिमुखीकरण कार्यक्रम गरिने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलामा पहिलो पटक स्वास्थ्य विमा कार्यक्रम लागु हुने भएको छ । ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा यसअघि नै लागु भएको स्वास्थ्य विमा कार्यक्रम दार्चुलामा पनि पहिलो पटक लागु हुने भएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा कैलालीबाट सुरु भएको स्वास्थ्य विमा कार्यक्रम हालसम्म ७ नम्बर प्रदेशका ५ ओटा जिल्लामा लागु भएको छ । बझाङ, बैतडी, अछाम, बाजुरा र कैलाली गरी ओटा जिल्लामा स्वासथ्य विमा लागु भएको छ ।
७ नम्बर प्रदेशका ५ ओटा जिल्लासहित देशभरीका ४२ ओटा जिल्लामा लागु भएको स्वास्थ्य विमा कार्यक्रम यही मंसिर १ गतेदेखि दार्चुलामा पनि पहिलो पटक लागु हुने स्वास्थ्य विमा बोर्ड बैतडीका विमा दर्ता अधिकारी विष्णु दत्त जोशीले बताउनु भयो । दार्चुलामा पहिलो पटक स्वास्थ्य विमा लागु गर्न लागि यही असोज १६ गतेदेखि दार्चुला जिल्लाका स्थानीय तहमा विभिन्न कार्यक्रम सुरु गर्न लागिएको विमा दर्ता अधिकारी विष्णु दत्त जोशीले जानकारी दिनुभयो । २०७३ पौषबाट बैतडी जिल्लामा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम मंसिर १ गतेबाट लागु हुने गरी तयारी भइरहेको उहाँले बताउनु भयो ।
हालसम्म बैतडीमा १२ सय ४१ घरपरिवारका ६ हजार १ सय ६६ जनाले स्वास्थ्य विमा गराएका छन् । विमितबाट ३५ लाख ४६ हजार ७ सय ९० रुपैयाँ संकलन भएको छ । यसैबिच प्रदेश नम्बर ७ को कैलाली, अछाम, बैतडी, बझाङ र बाजुरामा दर्ता प्रक्रिया सुरु भईसकेको र अहिले दार्चुला र कञ्चनपुरमा मंसिर १ गतेबाट विमा स्वास्थ्य कार्यक्रम लागु गरिने छ ।
स्वास्थ्य विमा कार्यक्रम सञ्चालनका लागि स्थानिय तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन, जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम र स्थानिय तहका स्वास्थ्य कर्मचारीहरुलाई समेत अभिमुखीकरण तालीम दिइने छ । कञ्चनपुरमा असोज १० गतेबाट उक्त कार्यक्रम सुरु भईसकेको र असोज १६ गतेबाट दार्चुलामा पनि लागु गर्न तयारी गरिएको विमा बोर्ड बैतडीका विमा दर्ता अधिकारी जोशीले जानकारी दिनुभयो ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन