सोह्रश्राद्ध अर्थात् पितृ पक्ष समापन,, बुधबार घटस्थापना, जमरा छरी विजया दशमीको सुरुवात गरिदै ।। 

नयाँ नेपाल समाचार, दार्चुला ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भइ शुक्ल प्रतिपदाका दिनसम्म गरिने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आज सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो समयावधिलाई सोह्र श्राद्ध भनिएको हो ।
चाडपर्व यज्ञ–यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस सम सयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरु प्रचलित रहेका छन् । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको हो ।
सोह्रश्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो । बाबुको तिथिमा सोह्रश्राद्ध गर्नु उत्तम मानिएको हो । सोह्र श्राद्धको अन्तिम दिन आज तिथिमिति छुटेका अर्थात् बिर्सिएका दिवंगत पितृको श्राद्ध गरी सोह्र श्राद्ध आज समापन भएको छ ।
सोह्र श्राद्धका बेला देव कार्य अर्थात् देबी देवताको पूजापाठ गर्ने हुदैन । भोलीदेखि अर्थात् प्रतिपदाका दिनदेखि देव कार्य अर्थात् देवी देवताको पूजापाठ गर्न सकिने जोतिषहरुको भनाई छ । भोली घटस्थापनाका दिन जमरा छरेर वडा दशैको शुभारम्भ गरिने छ । सोह्र श्राद्ध सकिएकै भोली पल्ट अर्थात् आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना अर्थात् जमरा छरेर दशैको सुरुवात गर्ने गरिन्छ । घर–घर तथा नव दुर्गा मन्दिरहरुमा जमरा छरी दशैको उद्घाटन गर्ने गरिन्छ ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा