दार्चुलामा ६३ औँ प्रहरी दिवस, उत्कृष्ट कार्य गर्ने १४ प्रहरी कर्मचारीलाई पुरुस्कृत ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
आज देशभरी ६३ औँ प्रहरी दिवस मनाएको छ । प्रहरी संगठन स्थापना भएको ६३ औ वर्षमा प्रवेश गरेकोले देशभरि नै प्रहरी दिवस मनाएको हो ।
त्यसैगरी दार्चुला जिल्लामा पनि एक कार्यक्रम गरि नेपाल प्रहरी दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी खोमकान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महाकाली नगरपालिकाका उपप्रमुख सुना वोहरा प्रमुख अतिथि रहनु ुभएका थिए । त्यस्तै कार्यक्रममा अपिहिमाल गाउपालिकाका अध्यक्ष धर्माानन्द मन्याल डिएन घाजुरेल, मार्मा गाउपालिकाका अध्यक्ष जमनसिह धामी, दुहू गाउपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की र नौगाड गाउपालिकाका अध्यक्ष प्रेमसिह धामी विशिष्ट अतिथि रहनु भएका थिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा भएको प्रहरी दिवस कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी नवराज अधिकारीले जिल्लाको समग्र शान्ती सुरक्षा र जिल्ला प्रहरी कार्यालयले गरेका मुख्य उपलब्धीहरुको वारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताहरुले शान्ती सुरक्षामा प्रहरीले जिल्लामा उल्लेखनिय भुमीका खेलेको र आगामी दिनमा पनि यसरी नै अगाडी वढ्नुपर्ने धारणा राखेका छन् ।
प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला भरी कार्ययत रहेका प्रहरी कर्मचारी हरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी ,अमर प्रहरीका परिवारजनहरु , नेपाल प्रहरी विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्ति संघ संस्था र जिल्लामा क्रियाशिल संचारमाध्यमहरुलाई   कदर पत्र सहित सम्मान गरेको छ । 
जसमध्ये अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गरेको छ । अमर प्रहरी हवल्दार भोजराज भट्टकी श्रीमती नन्दा भट्ट ,अमर प्रहरी हवल्दार गगनसिह धामीकी श्रीमती रत्ना धामी , र अमर प्रहरी सहायक निरिक्षक रामसिह वडालकी श्रीमती तारा वडाललाई दोसल्ला ओढाई सम्मान गरेको छ । त्यसैगरी अमर प्रहरी जवान तारा चन्दकी श्रीमती द्रोपती चन्द र अमर प्रहरी जवान जिवन कुवरको आमा उदासी देवि कुवरलाई समेत दोसल्ला ओढाई सम्मान गरेको छ । 
त्यसैगरी प्रहरी दिवसको उपलक्ष्यमा क्याम्पस स्तरिय महिला हिंसा न्युनिकरणमा युवाको भुमिका निबन्ध लेखन प्रतियोगितामा माविस्तरिय महिला हिंसा न्युनिकरणमा मेरो भुमिका र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि घटनास्थलमा प्रहरीको भुमिका निवन्ध प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने सहधागिहरु कार्यक्रममा पुरुस्कार वितरण गरेको छ । 
क्याम्पस स्तरिय महिला हिंसा न्युनिकरणमा युवाको भुमिका निवन्ध प्रतियोगितामा दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा भुवनेश्वरी रैखोला प्रथम, दाुर्चला बहुमुखी क्याम्पसकै छात्रा विमला पाल द्धितिय र सोहि क्याम्पसमा अध्ययनरत छात्रा भावाना जोशी तृतिय भएका छन् । त्यसैगरी अन्तरमाध्यमिक महिला हिंसा न्युनिकरणमा मेरो भुमीका विषयक निबन्ध प्रतियोगितामा  महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा माया जोशी प्रथम, मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापमा अध्ययनरत छात्रा पशुपती भट्ट द्धितिय र छन्नातिंकरी कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा आरची तिंकरी तृतिय भएका छन् । प्रतियोगितामा प्रथम ,द्धितिय र  तृतिय हुने सहभागीहरुलाई नगद पुरुस्कार र प्रमाणपत्र प्रदान गरेको छ । 
त्यसैगरी प्रहरी लाई विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्ति र संघसंस्थालाई कदर पत्रद्धारा सम्मान गरिएको छ । सम्मानित हुनेमा व्यास गाउपालिका वडानम्बर ५ का राजेश सिह कुवर ,मालिकार्जुन गाउपालिका वडानम्बर ३ का ललितसिह धामी ,शैल्यशिखर १ ललितसिह खडायत पुरुस्कृत हुनु भएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ दार्चुला, रेडियो नयाँ नेपाल एफ एम, मालिकार्जुन एफ एम , कालापानी एफ एम , दार्चुला एफ एम र सारथी एफ एमलाई कदर पत्र सहित सम्मान गरेको छ । त्यसैगरी महिला हिंसा न्युनिकरण निबन्ध प्रतियोगितामा मुल्याकंन कर्ताको भुमीका निर्वाह गर्नुभएका दार्चुला वहुमुखी क्याम्पसका निमित्त प्रमुख धाना धामी र उप–प्रधाध्यापक विष्णुराज जोशीलाई समेत कदरपत्र द्धारा सम्मानित गरेको छ ।  
प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयको मादहत रहेका प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारीविच घटनास्थल सुरक्षामा प्रहरीको भुमिका विषयक निबन्ध प्रतियोगितामा संचालन गरेको थियो । उक्त प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने सहभागिलाई कार्यक्रमबाट नगद पुरुस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । जसमा प्रहरी चौकी जौलजिवीमा कार्यरत प्रहरी जवान जनकराम तिरुवा प्रथम , जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान दुरा कार्की द्धितिय र प्रहरी चौकी सुन्सेरामा कार्यारत प्रहरी जवान जनकसिह धामी तृतिय हुनु भएका थिए । 
उत्कृष्ट कार्य गर्ने १४ प्रहरी कर्मचारीलाई पुरुस्कृत 
प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले दार्चुला जिल्लाका विभिन्न ठाउमा कार्यरत १४ प्रहरी कर्मचारी हरुलाई पुरुस्कृत गरेको छ । आ आफ्नो क्षेत्रमा रहि उत्कृष्ट कार्य गरेको भनि  जिल्ला प्रहरी कार्यालय दार्चुलाले ६३ औ प्रहरी दिवस २०७५ को अवसर पारी पुरुस्कृत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
खटाएको ठाउमा आफ्नो जिम्मेवारी मेहिनतका साथ पुरा गर्ने र कार्यक्षेत्रमा अनुसाषित ढंगले काम गरेका प्रहरी कर्मचारीहरुलाई पुरुस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं डिएसपी नवराज अधिकारीले जानकारी दिनु भयो । पुरुस्कृत हुने प्रहरी कर्मचारीहरुमा  प्रहरी निरीक्षक दिर्ग वहादुर वोगटी ,प्रहरी नायव निरिक्षक मदनसिह धामी , प्रहरी नायव निरिक्षक गणेशसिह वुढाल , प्रहरी हवल्दार विर बहादुर विष्ट र प्रहरी हवल्दार पदमसिह धामी रहेका छन् । त्यसैगरि प्रहरी जवानहरुमा  कल्पना चौधरी , नारायाण जैसी ,रामबहादुर मल्ल, भानी चन्द , रमेश बहादुर औजी , विर बहादुर धामी ,गणेशदत्त जोशी ,इन्द्र बहादुर पौडेल र कुस्माकर भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य