कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुले तलब पाएनन्,, अन्य कुनै बजेट खर्च शीर्षकबाट तलब भत्ता खुवाउन मन्त्रालयको निर्देशन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।

दार्चुला जिल्लामा कार्यरत कृर्षि तथा पशु सेवा शाखाहरुमा कार्यरत कर्मचारीहरुले अझै तलब भत्ता पाएका छैनन् । विगतमा मासिक रुपमा तलब भत्ता तथा दशैतिहारमा पेस्की पाउदै आएका कृर्षि तथा पशु सेवा तर्फका कर्मचारीहरुले संघीयता लागु भएपछि भने तलब भत्ता पाउन सकेका छैनन् ।
जिल्ला पशु सेवा कार्यालय तथा जिल्ला कृर्षि विकास कार्यालयबाट विगतमा मासिक रुपमा कर्मचारीहरुको तबल भत्ता निकाशा हुने गरेको थियो भने दशैतिहारका बेला पेस्की समेत आउने गरेको थियो । तर पछिल्लो समय कृषि तथा पुश सेवा तर्फका कर्मचारीहरु स्थानीय तहमा खटिएसंगै कर्मचारीहरुले चालु आर्थिक वर्षको साउन महिनादेखि नै तलब पाएका छैनन् । दार्चुला जिल्लाका सबै स्थानीय तहमा कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुले तलब पाउन न सकेको व्याँस गाउँपालिका कृषि शाखा संयोजक घनश्याम खत्रीले जानकारी दिनुभयो ।
मुख्य गरी यी दुई शाखा तर्फ कार्यरत कर्मचारीहरुलाई तलब भत्ता कसले खुवाउने भन्नेमा अलमल भएपछि कर्मचारीहरुले अहिलेसम्म तलब भत्ता पाउन सकेका छैनन् । यस्तै विभिन्न अन्य कार्यलयका कर्मचारीहरुले समेत तलब पाउन नसकेको गुनासो कर्मचारीहरुको छ । मुख्य गरी पछिल्लो समय परिबर्तन भएका कार्यालय कर्मचारीहरुले तलब भत्ता पाउन सकेका छैनन् । देश संघीयतामा गइसकेपछि विभिन्न कार्यालयहरु प्रदेश सरकार मातहत सञ्चालन हुन थालेका छन् । जसले गर्दा ती कार्यालयका कर्मचारीहरुले स्थानीय तहले वा प्रदेश सरकारले तलब भत्ता उपलब्ध गराउने भन्नेमा समेत अलमल देखिएको छ ।
मुख्य गरी कृषि र पशु सेवा तर्फका कर्मचारीहरुले तलब भत्ता पाउन सकेका छैनन् । विगतका वर्षमा दशैतिहारका बेला पेस्की समेत पाउने कृषि तथा पशु सेवा शाखाका कर्मचारीहरुले तलब भत्ता पाउन सकेका छैनन् । चालु आर्थिक वर्षको साउन महिना देखि नै पशु सेवा शाखाका कर्मचारीहरुले तलब पाउन नसकेको मालिकार्जुन गाउँपालिका पशु सेवा शाखा संयोजक कल्यानसिँह धामीले बताउनु भयो । 
चालु आर्थिक वर्षदेखि कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुले तलब भत्ता नपाएको गुनासो आउन थाले पछि कर्मचारीहरुलाई तलब भत्ता उपलब्ध गराउन मन्त्रालयले स्थानीय तहलाई निर्देशन गरेको छ । कृषि तथा पशु सेवा शाखाका कर्मचारीहरुले दशै तिहारको पेस्की त परै जाओस मासिक तलब भत्ता समेत पाउन नसकेपछि मन्त्रालयले सबै स्थानीय तहलाई तलब भत्ता खुवाउन निर्देशन दिएको छ ।
असोज २४ गते बसेको कृषि तथा पशुपन्छी मन्त्रालयको बैठकले कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुलाई अन्य कुनै बजेट खर्च शीर्षकमा तत्काल तलब भत्ता खुवाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गरेको थियो । मन्त्रालयको २४ गतेको सचिव स्तरीय बैठकले कृषि तथा पशुपन्छी मन्त्रालय अन्तगतका सेवा केन्द्र, उप केन्द्र तथा इकाईहरुमा कार्यरत कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुलाई तलब खुवाउन संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । 
उक्त अनुरोध पश्चात् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २५ गते देशभरीका सबै स्थानीय तहलाई कर्मचारीहरुलाई अन्य कुनै बजेट खर्च शीर्षकमा तलब भत्ता खुवाउन निर्देश दिएको छ । नेपाल कृषि सेवा अन्तरगत रही स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई महान् चाँड बडा दशै आउन १५ दिन अगाडी तबल भत्ता खुवाउने व्यवस्था बमोजिम स्थानीय तहलाई तलब उपलब्ध गराउने मन्त्रालयले निर्देशन दिएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिकाका गाउँपालिकामा कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरुको तलब निकाशा गर्ने तयारी भएको पशु सेवा संयोजक कल्यानसिँह धामीले बताउनु भयो । मन्त्रालयले निर्देशन गर्ने बित्तिक्कै शसक्रबार निकाशा गर्ने तयारी समेत भएको र बाँकी रहेको दरबन्दी अनुसार सबै कर्मचारीहरुको तलब भत्ता आइतबार सम्म निकाशा गरिसक्ने तयारी भएको संयोजक धामीको भनाई छ ।
त्यस्तै व्याँस गाउँपालिकामा पनि लेखा प्रमुखको व्यस्तताका कारण तत्काल तलब भत्ता निकाशा हुन नसकेको र लगत्तै तलब भत्ता निकाशा हुने व्याँस गाउँपालिका कृषि संयोजक घनश्याम खत्रीले बताएका छन् ।

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन