लेकममा चौलानी लिफ्टीङद्धारा खानेपानी आपूर्ति गरिने, प्राविधिक शिक्षाका लागि १ करोड बजेट विनियोजन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
लेकम गाउँपालिकामा देखिएको चरम खानेपानीको अभाव अब चौलानी लिफ्टीङ खानेपानी योजनाबाट समस्या समाधान हुने भएको छ । लेकम गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव रहेको छ ।
सडक सञ्चालले छुन नसकेको लेकम गाउँपालिकाका विभिन्न बस्तीका नागरिकहरुले शुद्ध खानेपानी समेत प्रयोग गर्न पाइरहेका छैनन् । जलस्रोतका आधारमा विश्वकै दोस्रो धनी देशको रुपमा चिनिने हाम्रो देशमै खानेपानीको चरम अभाव हुनु लज्जास्पद कुरा भएको टिप्पणी हुने गरेको छ ।
यसरी लेकम गाउँपालिकामा खानेपानीको चरम अभाव देखिएपछि दार्चुलाबाट निर्वाचित नेकपा सांसदहरुले प्रदेश तथा संघीय सांसदहरुले आ–आफ्नो क्षेत्रबाट खानेपानीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साथै चौलानी लिफ्टिङ खानेपानी योजनाबाट खानेपानी आपूर्ति गर्न लागिएको विश्वास नेकपा सांसदहरुले दिएका छन् ।
यस्तै लटीनाथ मावि चन्दनपुर चौपतामा प्राविधिक शिक्षा सुधारका लागि १ करोड बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले बताएका छन् । उक्त विद्यालयमा छात्राबास सहितको गुणस्तरीय प्राविधिक शिक्षालय स्थापित गर्ने उद्देश्यले १ करोड बजेट विनियोजन गरिएको बताउनु भएको छ । लेकम गाउँपालिकालाई सडक सञ्जालले नछोएकाले ऐरीछाना धनथला सडक निर्माणलाई गति दिइने, सञ्चार क्षेत्रलाई प्राथमिकता दिइने प्रतिबद्धता नेकपा सांसदहरुले गरेका छन् ।
लेकम गाउँपालिकामा आज भएको कार्यक्रममा सांसद त्रय, मार्मा र अपिहिमाल गाउँपालिकाका अध्यक्ष, लेकम गाउँपालिकाका अध्यक्ष परमानन्दा जोशी, उपाध्यष माधबी जोशी, वडा नम्बर २ का वडाध्यक्ष, लाली क्याम्पसका प्राचार्य, गल्लाकेदार मावि खरकडाका प्रधानाध्यापक लगायतका सहभागिता रहेको नयाँ नपाल सहकर्मी दिपक दमाईले खबर पठाउनु भएको छ । 
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री