मासिक तलबभत्ता पाउदैनन् महिला स्वासथ्य स्वयम सेविकाहरु,, जनप्रतिनिधिले दिए स्वास्थ्य स्वयम सेविकाहरुलाई दशै खर्च ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
मासिक तलब भत्ता उपलब्ध नगरिने महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई जनप्रतिनिधिले दशै खर्च दिएका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य केशव दत्त जोशीले वडाभरी कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई दशै खर्च दिएका छन् ।
महिला स्वास्थ्य स्वयम सेविकाहरुको मासिक तलब भत्ता समेत नहुने र संघीय सरकारले उपलब्ध गराउदै आएको पोशाक भत्ता पनि मंसिर महिनामा आउने गरेको छ । यसरी दशैतिहारका बेला सबै कर्मचारीहरुको दशै पेस्की आउने भएपनि स्वास्थ्य स्वयम सेविकाहरुको पेस्की नआउने भएकाले वडा सदस्यले जनही ५ सयका दरले ९ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई दशै खर्च उपलब्ध गराएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष उपलब्ध गराएको महिला स्वास्थ्य स्वयम सेविकाहरुको जनही ३ हजार प्रोत्साहन भत्ता पनि आजै वितरण गरिएको स्वास्थ्य चौकी बोहरीगाउँका स्वास्थ्य चौकी प्रमुख शिवदत्त जोशीले बताउनु भयो । गत वर्ष नै प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएपनि नगरपालिकाको खातामा निकाशा गर्नमा भएको ढिलाईका कारण यो वर्ष मात्रै उक्त भत्ता वितरण गरिएको उहाँले बताउनु भयो । वडा सदस्य एवं स्वास्थ्य व्यवस्थापन समिति उपाध्यक्ष केशव दत्त जोशीले थोरै रकम भएपनि महिला स्वास्थ्य स्वयम सेविकाहरुको मनोबल बढाउने काम गरेको स्वास्थ्य चौकी प्रमुख शिवदत्त जोशीको भनाई छ ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा