बैतडीमा बस दुर्घटना २ वालक सहित पाँच जना घाइते ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
कैलालीको अत्तरियाबाट बैतडीको गन्नाका लागि छुटेको पवनदुत यातायातको यात्रु वाहक बस बैतडीको डिलाशैनी ६ बांगाबगरमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।  ना ५ ख ८११७ नं को बस बिहान ५ बजे एक्कासी बांगाबगरमा सडकमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिका ९ का ३ बर्षीय हार्दिक चन्द , दार्चुला शैल्यशिखरका २३ वर्षिय गिता ठगुन्ना, ६ बर्षीय युवराज जोशी १४ बर्षीया सुनिता ठगुन्ना र २७ बर्षीय धर्मानन्द जोशी रहेका छन् । घाइतेहरुको गोकुलेश्वरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । घाइते सबैको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागी बस सहित बसका चालक बेलौरी नगरपालिका ९ का ३९ बर्षिय धन सिह ठगुन्ना प्रहरी नियन्त्रणमा रहेका छन् ।

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य