खर्कले चिथोरेको धार्मिक क्षेत्र सिद्धटोपी

नयाँ नेपाल एफ एम दार्चुला
पछिल्लो समय धार्मिक क्षेत्रहरुको संरक्षण र सम्बद्र्धन गर्ने होडबाजी नै चलेको छ । सरकारी अनुदान रकम खर्च गरेर पनि धार्मिक स्थलहरुको संरक्षण गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने होडबाजी चलिरहेकै बेला दार्चुलाको दुहूँ क्षेत्रको धार्मिक क्षेत्र भने खर्कको चपेटमा परेको छ ।
दुहँु गाउँपालिका वडा नम्बर २ र नौगाढ गाउँपालिका वडा नम्बर १ को सिमा क्षेत्र रहेको समुद्रि सतहबाट झण्डै ३८ सय मिटर अग्लो चुली ‘सिद्ध टोपी’ क्षेत्र हिन्दु परम्परामा मै बिरलै पाइने सृष्टिकर्ता भगवान ब्रह्मासँग जोडिएको छ । सिद्ध टोपी क्षेत्र उक्त चुलीका कारण मात्रै नभई यो क्षेत्रमा रहेका तीन दह (ताल) का कारण पनि प्रशिद्ध छ । यो क्षेत्रमा पर्ने तीनवटै दहहरु धार्मिक मान्यता र किम्बदन्तीसँग जोडिएका छन्  । 
सिद्ध टोपीको चुलीभन्दा झण्डै ३ सय मिटर तल रहेको ब्रह्म दह, उक्त दहभन्दा करिब १ सय ५० मिटर तल रहेको पासा दह र पासा दहभन्दा करिब २ सय मिटर टल टोटे दह रहेको छ । तीन दह र सिद्ध टोपीका कारणले मात्रै नभएर यो क्षेत्रको पूर्वी क्षेत्रमा भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्ये एक नागेश्वर र पश्चिममा भगवान ब्रह्माको मन्दिर रहेका कारणले पनि धार्मिक हिसाबले पवित्र मानिन्छ ।
यसरी धार्मिक हिसाबले प्रख्यात र पवित्र मानिएको यो क्षेत्र पछिल्लो समय खर्कको चपेटमा पर्दै आएको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ का स्थानीयका गाईवस्तुहरु यो क्षेत्रमा निर्बाध चरिचरन गर्ने हुँदा यो तालहरु मात्रै प्रदुषित भएका छैनन् उच्च क्षेत्रमा गाईवस्तुहरुले बनाएका गोरेटाका कारण जमिनमा दरार समेत पर्न थालेका छन् । 
महादेव र ब्रह्माका साथै देवता र राक्षसहरुको क्रिडा स्थल सिद्ध टोपी
दुहुँ गाउँपालिकाको वडा नम्बर २ र नौगाड गाउँपालिकाको वडा नम्बर १ को सिमा क्षेत्र पर्ने सिद्ध टोपी क्षेत्र सृष्टिकर्ता ब्रह्मा र संहारकर्ता महादेवसँग मात्रै जोडिएको छैन यो क्षेत्र देवता र राक्षसहरुको क्रिडा स्थल (पासा खेल्ने) का रुपमा रहेको मान्यता यो क्षेत्रमा रहेको पाइन्छ ।
सिद्ध टोपीको पूर्वी क्षेत्र (नौगाढ गाउँपालिका वडा नम्बर १) मा महादेवका १२ ज्योतिर्लिङ्गमध्ये नागेश्वर धाम रहेको छ भने स्वयम् महादेवको स्थापना पाइन्छ । त्यसैगरी पश्चिम क्षेत्र (दुहुँ गाउँपालिका वडा नम्बर २) मा अन्यत्र बिरलै पाइने ब्रह्म (ब्रह्मा) देवताको मन्दिर समेत छ । यो क्षेत्रका अधिकांश स्थानीयले ब्रह्मालाई कुलदेवता पूज्ने गर्दछन् ।
सिद्ध टोपी क्षेत्रको धार्मिक महात्म्य ब्रह्मा र महादेवसँग मात्रै सिमित हुँदैन । राक्षस र देवताबीच पासा खेल्ने ठाउँका रुपमा पनि यो क्षेत्र प्रचलित छ । यो क्षेत्रका १ सय देखि २ सय मिटरको फरकमा तीन वटा दह (ताल) रहेका छन् । यी तिन वटै दहहरुसँग आफ्नै किम्बदन्ती समेत छ ।
सबैभन्दा तल पर्ने टोटे दह राक्षस तालका रुपमा चिनिन्छ । यो दहको पानी रातो देखिन्छ । टोटे दहभन्दा झण्डै डेढ सय मिटर उचाइमा पासा दह पर्छ । यसको पानी धमिलो छ । यो दहमा राक्षस र देवताहरुले श्रावण महिनामा पासा खेल्ने जनविश्वास र किम्बदन्ती छ । त्यसै गरी पासा दहभन्दा करिब १ सय मिटरको उचाई र सिद्ध टोपीबाट करिब ३ सय मिटर तल ब्रम्ह दह छ । यो दहको पानी सफा छ र निलो देखिन्छ । 
राक्षस र देवताहरुबिच लडाइ हुँदा राक्षसहरुले ब्रह्म दहलाई सानो बनाउन दहको उत्तरतिरबाट पहिरो झारेको र टोटे दहलाई सुकाउन ब्रह्माले उक्त दहका पनि धर्तिमा छिराएको किम्बदन्ती पनि रहेको छ । त्यसैले हिउँदामा टोटे दहको पानी सुक्ने र अन्य दुई दहको पानी नसुक्ने गरेको स्थानीय बताउँछन् ।
धार्मिक महत्व बोकेको यो क्षेत्रमा श्रावण महिनामा दीप प्रज्वलन गर्ने र पूजापाठ गर्नेहरुको यो क्षेत्रमा भिड लाग्ने गर्दछ । निक्कै उचाइ रहेको र बासको व्यवस्था नभएका कारण पश्चिमतिरबाट उक्त क्षेत्रमा जाने भक्तजनहरु दुहँुँ गाउँपालिका वडा नम्बर २ का बिभिन्न बस्तिहरुका बास बस्ने र पूर्वतिरबाट आउने भक्तजनहरु नौगाढ गाउँपालिका वडा नम्बर १ का बिभिन्न बस्तिहरुमा बास बस्ने गर्दछन् ।
सिद्ध टोपी पुग्ने दुई रुट
धार्मिक रुपले प्रसिद्ध सिद्ध टोपी क्षेत्रमा पुग्न दुई रुट छन् । नौगाढ गाउँपालिकाको वडा नम्बर १ नागु क्षेत्र र दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिला क्षेत्र । हिकिलाबाट ४ देखि ५ घण्टाको उकालो घोरेटो बाटो भएर सहजै सिद्ध टोपी पुगिन्छ भने नागु क्षेत्रबाट भिरालो पहाडि मसिनो बाटो भएर उक्तिकै समयमा सिद्ध टोपी पुगिन्छ । हिकिला क्षेत्रबाट सिद्ध टोपी चढ्दा ब्रह्म देवताको मन्दिर भएर जानु पर्ने हुन्छ भने नागुबाट नागेश्वर र महादेव मन्दिर भएर जानु पर्ने हुन्छ । 
पहाडि बाटोको रोमाञ्चकता, भिरालो बाटोको खतरा मोल्न चाहानेहरुको लागि नागुको बाटो उपयुक्त हुने दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक माधवप्रशाद अवस्थी बताउँछन् । उचा पहाडि थुम्काहरु र उचाइको जटिलता खोज्नेहरुको लागि पूर्वतिरको बाटो उपयुक्त छ तर सहजै सिद्ध टोपी पुग्न खोज्नेहरुका लागि भने पश्चिमको बाटो उपयुक्त रहेको उहाँको भनाई छ ।
पहाडहरुको मनोरम दृष्य, अपिहिमालको छेउँ हुँदै डडेल्धुराको भुभाग हेर्दै पहाड उक्लिन चाहानेहरुका लागि नागेश्वर धाम भएर जाने बाटो उपयुक्त हुने स्थानीय शिक्षक करनसिह डडाल बताउँछन् । 
सिद्ध टोपीको चुलीमा पुगेपछिको दृष्यपान गर्न सकिने प्राकृतिक सौन्दर्यता, अपी हिमालको छेउ, डडेल्धुरासम्मको भुभाग र भारत उत्तराखण्डमा पर्ने पञ्चाचुली हिमालको मनोरम दृष्यले यो क्षेत्रमा पुग्नेहरुलाई आनन्दित बनाउने गर्दछ । त्यसैगरी भिराला फाँटमा पर्ने सुगन्धित फूलहरुले पनि यो क्षेत्रमा पुग्ने नागरिकलाई मोहित पार्ने गर्दछन् ।
धार्मिक क्षेत्रमा गाईवस्तुको ओइरो 
चरन क्षेत्र व्यवस्थापन हुन नसक्दा यो धार्मिक क्षेत्रमा गाइवस्तुले निर्बाध र अनियन्त्रित चरिचन गर्दा यो क्षेत्रको सौन्दर्यता घट्दै गएको स्थानीय बताउँछन् ।
केही वर्ष पहिले ब्रह्म दहमा भैंसि मरेका कारण ब्रह्म दहको पानी सुक्न थालेको जनविश्वास पनि छ । दहको सुरक्षा गर्न नसक्दा र गाइवस्तुहरु अनियन्त्रित छोड्दा दहको पानी नै सुक्न थालेको दुहुँ गाउँपालिका वडा नम्बर २ का करनसिह बडाल बताउँछन् । यो क्षेत्रमा गाईवस्तु मात्रै नभएर भेडाबाख्रा र च्याङ्ग्रा समेतको अनियन्त्रित चरिचरन हुँदा थप समस्या आएको नौगाढ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष करनसिह डडाल बताउँछन् । उक्त धार्मिक क्षेत्र दुई गाउँको सिमा क्षेत्र भएकाले पनि संरक्षण हुन नसकेको उनको बुझाइ छ ।

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको