हुनैनाथ शिखर मन्दिरको जात्रा विधिवत सम्पन्न ,हुनैनाथ मन्दिरमा खानेपानीको अभावले भक्तजनहरुलाई सास्ती

नयाँ नेपाल एफ एम दार्चुला
मालिकार्जुन गाउपालिका वडानम्बर ४ औतालेकमा रहेको हुनैनाथ मन्दिरमा खानेपानी नहँुदा मन्दिरमा आउने श्रदालु भक्तजनहरुलाई समस्या हुने गरेको छ । 
मन्दिरमा आसपासमा खानेपानीको उपलब्धता हुन नसक्दा मन्दिरमा आउने श्रदालु भक्तजनहरुले खानेपानीको समस्या झेल्नु परेको हो । 
मन्दिर जस्तो पवित्र ठाउमा खानेपानीको व्यवस्थान नहुँदा मन्दिरमा आएका श्रदालु भक्तजनहरुले खानेपानीको लागि मन्दिरबाट टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय गगनसिह धामीले बताउनु भएको छ । 
मन्दिरमा विशाल जात्रा लाग्ने गर्दछन्,  खानेपानीको अभावले भक्तजनहरु र जात्रा हेर्न आउनेहरुका लागि तिनचार दिन पहिलेदेखि पानी बोकेर होटेल व्यवसाय संचालन गर्ने गरेको स्थानीय व्यपारी धनसिह धामीको भनाई रहेको छ ।  
हुनैनाथ मन्दिरको लागि खानेपानीको योजना निर्माण भई सम्पन्न भएको चार पाँच वर्षसम्म खानेपानी संचालन भएको भए तापनि विगत २ वर्ष यता आगलागि हुँदा कयन ठाउँमा पाइपजलेको र पहिरोले नष्ट भएपछि खानेपानी अवरुद्ध रहेको मन्दिरकापुजारी एवं खानेपानीनिर्माण उपभोक्ता समितिकाअध्यक्ष रामचन्द्र अवस्थीले बताउनु भएको छ । 
खानोपानी योजनानिर्माण गर्दा गुणस्तरीय र प्रभावकारी ढंगले  निर्माण नगर्दा योजना सम्पन्नभएको तिनचार वर्षमा नै खानेपानी योजना लथालिङ्ग भएको स्थानीयहरुको गुनासो छ । योजना निर्माणमा खानेपानीपाइप गाढ्नेकार्य प्रभावकारी नहुदा ठाउँठाउँमा पाइपजलेको र खानेपानी मुहान भन्दा खानेपानी पाइपलाइन उचाईमा रहेकोले खानेपानी योजना अवरुद्ध भएको खानेपानी उपभोक्ता धनसिहधामीको भनाई रहेको छ । 
मुहानमा पानी बढि भएको बेला खानेपानी संचालनहुने र जेठको महिना मुहान मा पानी थोरै हुनेहुदाखानेपानी संचालननहुने स्थानीयको भनाई रहेको छ । खानेपानीउपभोक्ता समितिकाअध्यक्ष रामचन्द्र अवस्थीले भने बिगतवर्षहरुमापहिरोले पाइप नष्ट भएको र अहिले सडक निर्माण कार्यले उक्तखानेपानी योजनामा झनै क्षति पुगाएको बताउनु  भएको छ । 
मालिकार्जुन गाउपालिका वडानम्बर ४ का वडाअध्यक्ष चक्रसिह धामीले भने मन्दिर जस्तो पवित्र स्थानमा खानेपानीको समस्याले स्थानीयलाई मात्र नभई विभिन्न ठाउबाट आउने श्रद्धालु भक्तजन हरुलाई समस्या परेकोले उक्त योजनानिर्माण कार्य गर्न पहलभइरहेको बताउनु भएको छ ।  मालिकार्जुन गाउपालिका वडानम्बर ४ मा रहेको हुनैनाथ मन्दिरमा असोज महिनाको महाअष्टमी र विजया दशमी तिथि, कार्तिक महिनाको अष्टमी तिथि र माघ महिनाको सोहीतिथिमा रात्रीजात्रालाग्ने गर्दछ भने चैत्र महिनाको अष्टमी र भाद्र महिनाको अष्टमी तिथिमा दिउँसो जात्रा लाग्ने गर्दछ । 
हुनैनाथ मन्दिरमा सरसफाई  
दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ औतालेकमा रहेको हुनैनाथ मन्दिरमा आइतवार सरसफाई गरिएको छ । 
भुतपूर्व जिल्ला विकास समिति सदस्य शेर सिह धामीको नेतृत्वमा उक्त गरिएको सरसफाई कार्यक्रममा हुनैनाथ मन्दिर परिसरमा भएको फोहोर व्यवस्थापन गरि सरसफाई गरिएको छ । 
विजया दशमीको दिन लागेको जात्रामा मन्दिर परिसदमा भएको फोहोर व्यवस्थापन गर्न सरसफाइ गर्न गरिएको हो । सरसफाइमा जात्रामा थपेका पसलहरुबाट र होटेल व्यवसायीबाट भएको विभिन्न फोहर वस्तुको सरसफाइ गरेको भुपु जिल्ला विकास समिति सदस्य एवंम स्थानीय शेर सिह धामीले जानकारी दिनु भएको छ । 
सरसफाइ कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चुलाका सचिब कृष्ण सिह धामी, स्थानीय अग्रज शेरसिह धामी लगायत स्थानीयको सहभागिता रहेको थियो ।
हुनैनाथ शिखर मन्दिरको जात्रा विधिवत सम्पन्न 
मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ औतालेकमा रहेको हुनैनाथ शिखर मन्दिरमा लागेको जात्रा आइतवार सम्पन्न भएको छ । 
विजया दशमीको दिन लाग्ने उक्त जात्रा विधिवत रुपमा आइतवार सम्पन्न भएको हो । शनिवार दिउँसोबाट लागेको जात्रामा दार्चुला जिल्लाका अधिकाशं क्षेत्रबाट र भारतको विभिन्न क्षेत्रबाट श्रदालु भत्तलजनहरु आएको मन्दिर कर्मचारी एवं मन्दिरका भण्डारी बहादुर सिह धामीले जानकारी दिनु भएको छ । 
दिउँसो बाटै लाग्ने जात्रामा रातिमा दमाह बजाएर रमाईलो गरिने गरिन्छ । विभिन्न ठाउँहरुबाट दमाह ल्याउने र रातभरी बजाएर देवताबाट ब्रदान माग्ने चलन रहेको मन्दिरका भण्डारी धामीको भनाई रहेको छ । जात्रामा दार्चुला जिल्लाका मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालि, लेकम गाउँपालि, मार्मा गाउपालिका, महाकाली नगरपालिका र छिमेकि जिल्ला बैतडबिाट समेत भक्तजनहरु आउने गर्दछन् । 
त्यसैगरी भारतको पिथौरागढ, बालुवाकोट, धारचुला र जौलजिविबाट समेत श्रदालु भत्तलजन आउने गरेको स्थानीय धनसिह धामीले जानकारी दिनु भएको छ । उक्त मन्दिरमा महाअष्टमीको दिन समेत जात्रा लाग्ने गर्दछ । 
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा