सीमा नाकामा प्रतिबन्दित भारतीय अण्डा बरामद,, भारतीय अण्डा आयातमा कडाई, विक्री वितरणमा खुकुलो ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल सरकारद्धारा प्रतिबन्द लगाएको भारतीय कुखुराको सेता अण्डा नेपाल ल्याउदै गरेको अवस्थामा बरामद गरिएको छ । नेपाल भारत जोड्ने सीमा नाका दार्चुला जिल्ला सदरमुकाम खलंगा पुलघाँटमा आज एक पेटी प्रतिबन्दित भारतीय अण्ड बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाले जनाएको छ ।
एक महिलाले भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा छोटी भन्सार कार्यालय दार्चुलाको संयुक्त पहलमा सीमा नाकामा आज एक पेटी (७ क्यारेट अर्थात् २ सय १० गोटा) भारतीय अण्डा बराम गरिएको हो । भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा चीनी हो भन्ने ती महिलाले भन्सार तिर्न पैशा नभएको र पैशा लिएर आउने भन्दै भन्सार कार्यालयमा समान राखी फरार भएका थिए । लामो समयसम्म ती महिला नफर्किए पछि उक्त कार्टुन खोलेर हेर्दा अण्डा रहेको खुल्न आएको प्रहरीले बताएको छ । 
भारतीय अण्डा आयात गर्ने ती महिला फरार रहेकाले महिलाको नाम खुल्न नसकेको प्रहरी स्रोतले बताएको छ । बरामद गरिएको प्रतिबन्दित भारतीय अण्डा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय, पशु क्वारेन्टाइन, स्थानीय व्यापारीहरु लगायतको रोहबरमा आजै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसरी बेला बेला दार्चुला जिल्लाका भारतीय सीमा नाकाहरुमा नेपाल ल्याउदै गरेको भारतीय अण्डा बरामद गरि नष्ट गरिदै आएको छ तर दार्चुला जिल्ला सदरमुका खलंगा क्षेत्रमा ती प्रतिबन्दित अण्डा निर्वाध रुपमा विक्री वितरण गरिदै आएको छ । नेपाल सरकारले वर्षाै पहिले भारतमा बर्ड फ्ल्युको संक्रमण बढेका बेला भारतीय कुखुराका अण्डा आयातमा रोक लगाएको थियो । 
सोही समयदेखि हालसम्म भारतीय अण्डा नेपाल आयातमा कानुनी रुपमै अबैध मानिन्छ तर जिल्ला सदरमुकाम खलंगा क्षेत्रकै पसलहरुमा भारतीय कुखुराका अण्डा विक्री वितरण हुदै आएको छ । नेपाली कुखुराका अण्डा खेरा हुने र भारतीय अण्डा सेता हुने भएकाले खलंगाका पसलहरुमा अण्डा किन्न जादाँ सेता अण्डा कि खेरो अण्डा भनेर व्यापारीहरुले सोध्ने गरेका छन् । प्रतिबन्धित भारतीय अण्डालाई सेता अण्डाको नाम दिइएको छ । नेपाली कुखुराको अण्डा भन्दा भारतीय कुखुराको अण्डा सस्तो हुने भएकाले पनि उपभोक्ताहरु पनि भारतीय अण्डा नै बढी रुचाउने गरेका छन् ।
भारतीय अण्डामा लगाईएको प्रतिबन्द अर्थहीन
यसरी जिल्ला सदरमुकाम खलंगा क्षेत्रमै भारतीय कुुखुराका अण्डा विक्री वितरण भएपनि यसको अनुगमन भने प्रभावकारी हुन नसकेको स्थानीयहरुको आरोप छ । विभिन्न समयमा बजार अनुगमन समितिले पनि बजार अनुगमन गर्ने गरेको छ तर भारतीय कुखुराका अण्डाहरु अहिलेसम्म फेला पार्न सकेको उदाहरणहरु विरलै पाइन्छन् । दैनिक रुपमा विक्री वितरण हुने जिल्ला सदरमुकाम खलंगाका यी पसलहरुमा अनुगमनका क्रममा भने भारतीय अण्डा फेला परेका घट्ना कमै भेटिन्छन् तर भारतीय अण्डा विक्री वितरण भने दैनिक जसो हुने गरेको स्थानीयहरुको भनाई छ ।
सीमा नाकाहरुमा आयातमा रोक लगाएपनि सदरमुकामका पसलहरुमा भारतीय अण्डा भेटिनु एक रहस्यमय विषय बनेको स्थानीयहरुको भनाई छ । सीमा नाकाहरुमा प्रतिबन्द लगाइएका अण्डा सदरमुकामका पसलहरुमा कहाँबाट आउछन् भन्ने जिज्ञाशा स्थानीयहरुमा थपिदै गएको छ । चोेरी छिपी महाकाली नदीमाथि तारेर ल्याएको हुन सक्ने समेत आशंका गरिएको छ । किनकी भारतीय अण्डा सीमा नाकाहरुमा यसरी नै बरामद गरि नष्ट गर्ने गरिन्छ ।
नेपालमा प्रतिबन्द लगाइएका अण्डाहरु भारतमा गई नेपालीहरुले खाने गरेका छन् । सीमावर्ती बजार क्षेत्र धारचुलामा भइ दार्चुलाकै बढी जसो उपभोक्ताहरुले प्रयोग गर्ने गरेका छन् । नेपाल सरकारले भारतीय अण्डा, मासुजन्य पदार्थ प्रयोग तथा आयातमा रोक लगाए पनि हजारौँ नेपालीहरुले सोही भारतीय अण्डा उपभोग गर्ने गरेकाले सरकारको यो कार्य अर्थहीन भएको विश्लेषकहरुको तर्क छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन