नौगाढमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नौगाड गाउँपालिका ३ जामीरमा एक महिला रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ३ जामीर का ३५ वर्षिय कलावती ठगुन्ना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख नबराज अधिकारी नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्हरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै दल्लेक प्रहरी चौकीबाट समेत प्रहरी टोली घट्ना स्थलमा खटिएको छ ।
ठगुन्ना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकाले अहिले आत्महत्याकै घट्ना भनिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं प्रहरी प्रबक्ता हिक्मत बहादुर बोहराले बताउनु भयो । “घट्नाको थप अनुसन्धानका लागि डिएसपी सापको टोली तथा दल्लेक प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ, उक्त टोली संग सम्पर्क हुन सकेको छैन, टोली फर्किएपछि घट्नाको विस्तृत जानकारी आउछ” प्रहरी निरीक्षक बोहराले भन्नु भयो ।
आत्महत्या गर्ने कार्य गम्भीर समस्याको रुपमा देखिएको छ । स्कुले बालबालिका देखि पाको उमेरका व्यक्तिहरुले समेत आत्महत्या गर्ने गरेका छन् । जिल्लाको यो अवस्था सामाजिक समस्या भएपनि घट्ना न्युन हुनुको साटो बृद्धि हुदै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा रहेको प्रहरी तथ्यांक अनुसार पनि जिल्लामा आत्म हत्याका घट्नाहरु बृद्धि हुदै गएको पाइन्छ ।
यस्ता समस्या चिन्ताजनक रहेकोमा मानव अधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् । सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक तनाव लगायतका विभिन्न कारण हुने यस्ता आत्महत्याका घट्ना न्युनीकरणका लागि समाज र सरोकारवालाहरु सबै सचेत हुनुपर्ने देखिएको छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली