इतिहासमै पहिलो पटक विद्यालयद्धारा महायज्ञ सञ्चालन,, विद्यालयको सर्वाङगीण विकाससंगै धार्मिक प्रचार गर्ने उद्देश्य ।।

नयाँ नेपाल समाचार, ८ कात्र्तिक दार्चुला ।
पहिलो पटक दार्चुलामा प्राविधिक धारतर्फ ठुलो फड्को मारेसंगै विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि मानसखण्ड दार्चुला धार्मिक महोत्स महाज्ञय आयोजना गरिएको छ । जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माविले प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक श्रोत जुटाउने उद्देश्यले आजदेखि विद्यालयमा मानसखण्ड दार्चुला धार्मिक महोत्सव उद्घाटन गरेको छ ।
महेन्द्र नमुना मावि लगायत जिल्लाका ५ ओटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि विभिन्न धारतर्फका प्राविधिक शिक्षा सञ्चालन गरिएको छ । विभिन्न धारतर्फका प्राविधिक सञ्चालनका लागि यति ठुलो संख्यामा दार्चुलाका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरेको पहिलो ईतिहास हो । महेन्द्र नमुना मावि खलंगा, राष्ट्रिय मावि दत्तु, मालिकार्जुन मावि मड, गोकुलेश्वर मावि गोकुले र सम्पाल मावि सुन्सेरामा यही शैक्षिक सत्रबाट पहिलो पटक प्राविधिक धार तर्फको पढाई सञ्चालन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीले चुनावी दौरानमा देशभरीका सामुदायिक विद्यालयमध्ये ७० प्रतिशत विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरे बमोजिम प्राविधिक शिक्षा सञ्चालन गरिएको दार्चुलाबाट निर्वाचित प्रदेश सभा सांसद मान बहादुर धामी सन्तोले बताउनु भयो ।
सिटिभिटीबाट ३ वर्षे सिभिल इन्जीनियरिङ डिप्लोमा ओभिसिर धारतर्फ प्राविधिक शिक्षा सञ्चालनका लागि सम्बन्धन प्राप्त भएसंगै प्रभावकारी ढंगले सञ्चालनका लागि महाज्ञयको आयोजना गरिएको प्रधानाध्यापक रामदत्त जोशीले बताउनु भयो । ईतिहासमै पहिलो पटक महेन्द्र नमुना मावि खलंगाले मानसखण्ड दार्चुला धार्मिक महोत्सवको आयोजना गरेको हो । महायज्ञ आज उद्घाटन भई कात्र्तिक १५ गतेसम्म सञ्चालन गरिने छ ।
जिल्ला समन्वय समिति प्रमुख एवं मूल आयोजक समारोह समिति संयोजक करबीर बहादुर कार्कीको अध्यक्षता एवं दार्चुलाबाट निर्वाचित क्षेत्र नम्बर १ का प्रदेश सांसद गेल्बुसिँह बोहराको प्रमुख आतिथ्यतामा महायज्ञ उद्घाटन गरिएको हो । यस्तै कार्यक्रममा दार्चुलाबाट निर्वाचित निर्वाचन क्षेत्र नम्बर २ का प्रदेश सांसद मानबहादुर धामी सन्तोष र महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट विशिष्ट अतिथि रहनु भएको थियो । यस्तै मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिँह धामी, नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामी, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष गणेशसिँह खत्री, राष्ट्रिय जनमोर्चा अध्यक्ष मनबीर दमाई, चार ओटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, श्रद्धालु भक्तजन, शिक्षक विद्यार्थीहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । उक्त धार्मिक महोत्सवको उद्घाटन सत्र अवधिभर सामुदायिक रेडियो नयाँ नेपाल एफ एमले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली