महायज्ञमा श्रद्धालु भक्तजनहरुको सहभागिता न्युन,, राजनीतिक कार्यक्रम भए मञ्चमा खुट्टा टेक्ने ठाउँ नहुने प्रदेश सांसद बोहराको भनाई ।।

नयाँ नेपाल समाचार दार्चुला ।
दार्चुलाबाट निर्वाचित क्षेत्र नम्बर १ का प्रदेश सांसद गेल्बुसिँह बोहराले विद्यालयद्धारा आयोजित महायज्ञमा श्रद्धालु भक्तजनहरुको न्युन सहभागिता प्रति दुःख व्यक्त गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुदरपश्चिम प्रदेशका प्रदेश सांसद बोहराले विद्यालयको सर्बांगीण विकासका लागि आयोजित महायज्ञमा अभिभावकहरुको न्युन सहभागिता रहेको भन्दै दुःख व्यक्त गर्नु भएको छ ।
राजनीतिक दलका कार्यक्रममा मञ्चमा खुट्टा टेक्ने ठाउँ समेत नहुने तर सामाजिक परिबर्तन, शिक्षाको आमूल परिबर्तन, धार्मिक प्रचार प्रसारका लागि सञ्चालन गरिएको महायज्ञमा न्युन सहभागिता देखिएको भन्दै प्रदेश सांसद बोहराले यस्तो धारणा व्यक्त गरेका हुन् । “ईतिहासमै पहिलो पटक सञ्चालन गरिएको महायज्ञमा न्युन सहभागिता देखेर दुःख लागि रहेको छ, राजनीतिक कार्यक्रममा खुट्टा टेक्ने समेत ठाउँ हुदैन, यस्तो महत्वपूर्ण धार्मिक कार्यक्रममा सहभागिता न्युन देखिएको छ, यो देखेर मलाई दुःख लागिरहेको छ  ।” प्रदेश सांसद बोहराले भन्नु भयो ।
पहिलो पटक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि सम्बन्धन प्राप्त भई प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजित महायज्ञमा उल्लेख्य सहभागिता रहनु पर्नेमा जोड दिदै प्राविधिक शिक्षा सञ्चालनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि प्रदेश सरकारबाट यही वर्ष विभिन्न कार्यक्रम अन्तरगत बजेट विनियोजन गरेको जानकारी गराउदै अझै प्रदेश सरकार तथा व्यक्तिगततर्फबाट हुने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ । यस्तै प्रदेश सरकारबाट हुन नसकेका पहलहरु केन्द्रीय सरकारबाट पहलका लागि दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नासंग पहल गरी विद्यालयलाई नमुनाकै रुपमा स्थापित गराउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
 

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको