अपीहिमाल बाहेक सबै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन,, तीनै तहका सरकारले हातोमालो गर्नुपर्ने बेला आएको प्रदेश सांसद धामीको भनाई ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
यो वर्ष दार्चुला जिल्लाका ५ ओटा सामुदायिक विद्यालयमा विभिन्न प्राविधिक धारतर्फ पढाई सञ्चालन भएसंगै आठ ओटै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका छन् । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये आठ ओटै स्थानीय तहमा विभिन्न प्राविधिक धारतर्फ पढाई सञ्चालन गरिएको छ ।
जिल्लाका २ नगरपालिका तथा ७ गाउँपालिकामध्ये अपीहिमाल गाउँपालिका बाहेक सबै स्थानीयमा प्राविधिक शिक्षा सञ्चालन सुरु गरिएको छ । नेकपा सरकारले देशभरीका ७ सय ५३ ओटै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य अनुसार चालु शैक्षिक सत्रमा दार्चुला लगायत देशभरी साढे ३ सय बढी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालयको नीति लिएको नेकपा सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढी रहेको छ । 
नेकपाले निर्वाचनका बेला देशभरीका ७० प्रतिशत विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा पत्र जारी गरे बमोजिम अहिले देशभरी प्राविधिक शिक्षालय स्थापना गर्न लागिएको प्रदेश सांसद मानबहादुर धामी सन्तोषले बताउनु भयो । यस्तै अर्को वर्ष अर्काे धारतर्फको प्राविधिक शिक्षा सञ्चालनका लागि ठोस पहल गर्ने प्रतिबद्धता प्रदेश सांसद धामीले जनाउनु भएको छ । “पहिलो पटक ओभरसियर तर्फ पढाई सञ्चालन गरेको महेन्द्र नमुना मावि खलंगामा अर्को वर्षदेखि पुनः अर्को धारतर्फको प्राविधिक शिक्षा सञ्चालन गरिने छ” प्रदेश सांसद धामीले भन्नु भयो ।
जिल्लाका अपिहिमाल गाउँपालिका बाहेक सबै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गर्न सफल भएको गर्ब गर्ने बेला आएको र प्राविधिक शिक्षालाई गुणस्तरीय र सर्व सुलभ बनाउन तर्फ समेत सबैले ध्यान दिनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । यस्तै अहिलेको अवस्थामा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार गरी तीनै सरकारबीच सहकार्य र सहमति गरी अगाडी बढ्ने बेला आएको बताउनु भएको छ ।
जनताका अपेक्षा अनुसार अहिले नै विकास निर्माण गर्न नसकिनु स्वभाविक भएको सांसद धामीको भनाई छ । तीनै तहका सरकार अहिले भर्खरै हुर्किरहेकाले सुरुमै सोचे जस्तो विकास नहुने र क्रमिक रुपमा परिबर्तन अबश्य हुने आश्वासन सांसद धामीको छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री