चालिसको नुन खाएर तिरिनसक्नु गुन !

नयाँ नेपाल समाचार,दार्चुला ।
सहरीकरणको प्रभावसँगै छरछिमेकको वास्ता नगर्ने प्रवृत्ति बढेको भएपनि सहरीकरणको आभासै नहुने पाहुनालाई देवता जस्तै सम्मान गर्ने गाउँहरुको पनि कमि छैन । सहरको स्वार्थपूर्ण परिवेशभन्दा भिन्न र आगन्तुकहरु प्रति अपार स्नेह पोख्ने गाउँका रुपमा दार्चुलाको नौगाढ गाउँपालिकाको वडा नम्बर १ को नागु क्षेत्रलाई लिन सकिने उक्त क्षेत्रसम्म पुग्नेहरु बताउँछन् ।
जिल्ला सदरमुकामबाट एक दिनको यात्रापछि पुग्न सकिने नागु क्षेत्रसम्म पुग्न २०४३ सालमा निर्माण गरिएको घोरेटो बाटोले साथ दिएको छ । प्रतिकिलो ३० रुपैयाँ भाडा तिरेर नुन, चालम, तेल, लत्ताकपडाको जोहो गर्ने यो क्षेत्रका स्थानीयहरु नुन प्रतिकिलो ४० र मोटो चामल प्रतिकिलो ७५ रुपैयाँ तिरेर उपभोग गर्छन् ।
महंगो खाद्यान्न खान परेपनि गाउँमा पस्ने पाहुनाहरुको खानपान र बासका लागि नागु क्षेत्रमा पर्ने लक्सेरी, मानकोट, जातरा र नागुका स्थानीय निक्कै अगाडि देखिन्छन् । स्थानीय युवाहरुको आग्रहमा लस्केरीमा आयोजित भलिवल प्रतियोगिता हेर्न पुगेका सर्वोच्च अदालत वारका सदस्य तथा अधिवक्ता प्रेमसिह धामी नागुबासीको सत्कार अविस्मरणीय भएको बताउँछन् । औपचारिक कार्यक्रम कुनै सहरको भन्दा कम नहुने र पाहुनालाई सत्कार गर्ने चलनले आफू प्रभावित भएको अधिवक्ता धामीको भनाई छ ।
प्रतियोगिता अवधिमा प्रतियोगिता स्थल लक्सेरीमा करिब तीन दिन बसेका जिल्ला खेलकुद विकास समितिका सदस्य दानसिह कार्की विभिन्न ठाउँबाट आउने खेलाडि र व्यवस्थापकहरुलाई स्थानीयले गरेको सहयोग र सत्कार अन्य ठाउँमा नपाइने बताउँछन् ।
प्रतियोगितामा सहभागिता जनाएका २४ टोलीका खेलाडिहरुलाई बेलुकाको खाना र बासको व्यवस्था लक्सेरीबासीले निशुल्क गरेको प्रतियोगिता आयोजक संस्था जनहित युवा समाज लक्सेरीका अध्यक्ष विरसिह डडालले बताए । पाहुनाहरुलाई गाउँमा कुनै अप्ठेरो नहोस् भनेर युवाहरु परिचालन गरिएको अर्को आयोजक संस्था महादेव बाल क्लबका अध्यक्ष जमनसिह डडालले बताए ।
पहिले पहिले प्रत्येक परिवारले जति जनालाई बास दिने हो त्यति जनालाई बेलुकाको खानाको पनि व्यवस्था गर्ने गरिएको भएपनि यो वर्षदेखि बेलुका सामुहिक रुपमा एकै ठाउँमा खाने र बासका लागि प्रत्येक घरघरमा बस्ने व्यवस्था मिलाइएको स्थानीय शिक्षक करनसिह डडालले बताए ।
गाउँमा आउने पाहुनाहरुलाई सत्कार गर्ने मात्रै नभएर घर फर्किने बेला स्थानीय स्तरमा उत्पादित हुने दालसमेत उपलब्ध गराउने चलन रहेको स्थानीय व्यापारी राईसिह डडालले बताए । ‘गाउँलेहरुले उपहार स्वरुप दालसमेत दिने गर्दछन् ।’ स्थानीय व्यापारी डडाल भन्छन् ।
गाउँमा आउने पाहुना र गाउँबाहिरका कर्मचारीहरुलाई समेत गाउँलेले उत्तिकै सम्मान गर्ने चलन रहेको महाकाली नगरपालिका वडा नम्बर १ घर भई स्थानीय गौरिशंकर माविमा शिक्षण गर्ने शिक्षक मानसिह धामीको भनाई छ ।
दशैं र तिहारको अवसरमा जिल्ला कै सबैभन्दा बढी रकम भएको भलिबल प्रतियोगिता स्थानीय युवाहरुको दुई संस्थाले आयोजना गरेका थिए ।
त्रिचालिसको बाटो, ९ लाखको मर्मत ९ ठाउँमा पहिरो 
२०४३ सालमा निर्माण गरिएको घारेटो बाटो गत वर्ष मर्मत गरिएको थियो तर नौगाढ गाउँपालिकाको ९ लाख वजेट खर्च गरेर निर्माण गरिएको उक्त बाटोमा ९ ठाउँमा पहिरो गएपछि नागुबासीलाई थप समस्या परेको छ ।
‘भिर काटेर बनाइएको जोखिमपूर्ण घोरेटो बाटो त्यसमाथि ठाउँठाउँमा पहिरो, वर्षामा अतिआवश्यकबाहेक अन्य आवतजावत बन्द गर्नु पर्दछ ।’ नागु क्षेत्रमा पर्ने लक्सेरीका कम्मानसिह डडाल भन्छन् । खच्चर समेत हिड्न नसक्ने भएपछि समान ढुवानीको एकमात्र साधान भेडाबाख्रा बनेको उनी बताउँछन् ।
वर्षा कोही विरामी परे बोकेर सदरमुकाम लैजानु पर्ने बेला बाहेक अरुबेला बिरलै आवतजावत हुने महादेव बाल क्लबका अध्यक्ष जमनसिह डडाल बताउँछन् ।
बाटो मर्मतका लागि यो वर्ष पनि वजेट विनियोजन गरिएकाले स्थानीयलाई आउँदो वर्षामा धेरै समस्या नहुने वडाध्यक्ष करनसिह डडाल बताउँछन् ।
कसरी पुग्ने नागु क्षेत्र
जिल्ला सदरमुकामबाट करिब २ घण्टाको कच्चि बाटोमा जिपको यात्रापछि पैदल यात्रा सुरु हुन्छ नागु क्षेत्रको । जिपबाट उत्रिएपछि आधा घण्टाको तेस्रो र एक घण्टाको ओरालो बाटोपछि नागु क्षेत्र छिर्ने चुनौतिपूर्ण बाटो सुरु हुन्छ ।
नौगाढ गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डको ओरालो काटेपछि करिब चार घण्टाको जोखिमपूर्ण बाटो छिचोलेर नागु क्षेत्र पुगिन्छ । यही क्षेत्रमा महादेव तथा छिपला केदारको मन्दिर पर्दछ भने यही बाटो भएर पवित्र धार्मिक चुली सिद्धटोपी तथा यो क्षेत्रमा पर्ने तीन दहसम्म पुग्न सकिने स्थानीयहरुको भनाई छ ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली