राष्ट्रिय वाणिज्य बैंकमा पहिलो पटक एटिएम जडानको तयारी ।।

नयाँ नेपाल समाचार दार्चुला ।
सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाले पहिलो पटक अटोमेटिक टेलर मेसिन अर्थात् एटिएम मेसिन जडान गर्ने तयारी थालेको छ । युग सुहाउँदो बैंकिङ कारोबार सहजताका लागि राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाले पनि एटिमएमबाट सेवा प्रबाह गर्नका लागि एटिएम मेसिन जिल्लामा पुगाएको बैंकले जनाएको छ ।
पुरानो भवनबाट नयाँ भवनमा सरेसंगै राष्ट्रिय वाणिज्य बैंकले पनि दार्चुला जिल्लामा पहिलो पटक एटिएम मेसिन जडान गरी सेवाग्राहीहरुलाई सेवा प्रबाह गर्ने तयारी थालेको राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाका प्रबन्धक किसनराम लुहारले जानकारी दिनुभयो । जिल्लाका सञ्चालित अन्य प्राइभेट बैंकहरुले एटिएमबाट सेवा प्रबाह गरिरहेका बेला राष्ट्रिय वाणिज्य बैंकमा भने एटिएम मेसिन हालसम्म जडान गरिएको छैन ।
दार्चुला जिल्लाका स्थापना गरिएको प्राइभेट बैंकले एटिएम सहितको बैकिंङ सेवा प्रबाह गरिरहेका थिए । जिल्लामा  पहिलो पटक जनता बैंक शाखा दार्चुलाले जिल्लामा एटिएम सेवाबाट बैंकिङ सेवा सुचारु गरेको थियो । यस्तै पछिल्लो समय जिल्लामा स्थापना गरिएका सनराई बैंक, मेघा बैंक तथा एनआइसी एसिया बैंकले समेत एटिएमबाट बैंकिङ सेवा प्रबाह गरिरहेका छन् ।
यसरी प्राइभेट बैंकले दार्चुला जिल्लामा एटिएम सेवा  प्रबाह सुचारु गरेपनि राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलामा भने एटिएम मेसिन जडान गर्न नसकिदाँ सेवाग्राहीहरुलाई केही असहजता भएको थियो । स्थापनाकालदेखि नै राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाले चेक र नगदी बैंकिङ कारोबार गरीरहेको थियो । सेवाग्राहीहरुको सहजताका लागि केहीदिन अघि एटिएम मेसिन जिल्लामा ल्याइएको छ भने केही हप्तामा एटिएम मेसिन जडान गरी सेवा प्रभावकारी बनाउदै लैजाना योजना बैंकले लिएको शाखा प्रबन्धक किसनराम लुहारको भनाई छ । एटिएम मेसिनबाट सेवा प्रबाह गर्न थालिए राष्ट्रिय वाणिज्य बैंकका सेवाग्राहीहरुलाई सहजता प्रदान हुने छ ।
सरकारी क्षेत्रको बैंकिङ कारोबार प्रायःजसो राष्ट्रिय वाणिज्य बैंक शाखामा मात्रै हुने भएकाले पनि उक्त बैंकमा अन्य बैंकहरुको तुलनामा सेवाग्राहीहरुको भीड लाग्ने गरेको छ । यसरी सेवाग्राहीहरुको भीड लाग्ने भएपनि एटिएम सेवा सञ्चालन नभएकाले बैंकिङ कारोबारका लागि लाइनमा बस्नु पर्ने अवस्था हुने सेवाग्राहीहरुको भनाई छ । राष्ट्रिय वाणिज्य बैंकले पनि एटिएम मेसिन जडान गरी सेवा प्रबाह सञ्चालन गरे बैकिङ कारोबारमा सहजता हुने विश्वास सेवाग्राहीको छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन