कार्यालय सहयोगीको तलब भत्ता नीजि शिक्षकलाई खुवाइदै ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको विद्यालयमा काम गर्ने कार्यालय सहयोगीले आफ्नै तल तलब भत्ता समेत पाउन सकेका छैनन् । मालिकार्जुन गाउँपालिका वडानम्बर ४ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुर औतालेकमा कार्यरत कार्यलय सहयोगीको तलब भत्ता शीर्षकमा निकाशा हुने बजेट नीजि स्रोतमा कार्यरत  शिक्षकलाई खुवाउने गरेको खुलाशा भएको छ ।
कार्यालय सहयोगीको तलब भत्ता शीर्षकमा निकाशा हुने बजेट नीजि शिक्षकहरुको तलब भत्तामा खर्च गर्न सकिने व्यवस्था नभएपनि  हुनैनाथ मावि चन्दनपुर औतालेकमा भने यस्तो पाइएको छ । कक्षा १० सम्म पढाई हुने उक्त विद्यालयमा झण्डै २ वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत शंकरसिह धामीले छोडेपछी उक्त रकम निजिस्रोतका शिक्षकहरुको लागि खर्च हुने गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिह धामीले बताए । विगतका वर्षहरुमा २ जना कार्यलय सहयोगी कार्यरत रहेको र १ जनाले छोडेपछि अहिले १ जना कार्यलय सहयोगी दानसिह धामी कार्यरत रहेको प्रधानाध्यापक राजेन्द्रसिह धामीले बताउनु भएको छ । कार्यरत दानसिह धामीलाई मासिक ३ हजारका दरले पारिश्रमिक दिएको वाकी रकम विद्यालय विनियामली अनुसार माध्यमिक तहमा नेपाली विषय पढाउने नीजिशिक्षकको तलव भत्तामा खर्च भइरहेको उहाले वताउनु भयो ।
कार्यालय सहयोगीको काम नीजि शिक्षकले गर्दै 
विद्यालय भवन केही मिटरको दुरीमा २ ओटा ब्लकमा सञ्चालनमा रहेका छन् ।  माथिल्लो भवनमा कार्यलय सहयोगीले काम गरिरहनु भएको छ भने तल्लो भवनमा नीजिशिक्षकले नै कार्यलय सहयोगी काम गरिरहेकोले पनि केही रकम नीजि स्रोतमा कार्यरत शिक्षकहरुको तलवभत्तामा खर्च गरिएको प्रधानाध्यापक धामीको भनाई छ । त्यस्तै नाम नवताउने शर्तमा विद्यालय सेवाक्षेत्रभित्रका १ जना अभिभावकले कार्यालय सहयोगीको तलब भत्ता शिर्षकमा आउने बजेट शिक्षकको तलवभत्तामा खर्च नगरेर सोही शीर्षकमा खर्च गरिनु पर्ने बताउनु भएको छ ।
निजिस्रोतका शिक्षकहरुलाई गाउँपालिकाले सम्बोधन गरिरहेको बेला पनि कार्यालय सहयोगीको पारिश्रमिक कटौती गरि अन्यत्र खर्च गरिनु दुखत रहेको उनको भनाई छ । तर निजिस्रोतमा कार्यरत शिक्षकहरु कार्यालय सहयोगीको भन्दा न्युन ज्यालामा काम गरिरहेकोेले निजिस्रोतमा कार्यरत शिक्षकहरुको मनोबल बढाउन विद्यालय विनियमावली अनुसार केहि वजेट निजिस्रोत शिक्षकको तलवभत्तामा खर्च गरिरहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिह धामीले बताउनु भएको छ । उता शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख जयराज पन्तले भने कार्यालय सहयोगीको लागि नेपाल सरकारले तोकेको तलब भत्ता अन्य शीर्षकमा खर्च गर्न नपाइने बताउनु भएको छ । विद्यालयको आन्तरिक वजेट मात्र विद्यालय विनियमावली अनुसार खर्च गरिने व्यवस्था भएपनि नेपाल सरकारले तोकेको तलव भत्ता अन्यत्र खर्च गर्न पाइने व्यवस्था नरहेका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख पन्तको भनाई छ । कुनै विद्यालयले यसरी एउटा शीर्षकमा आएको बजेट अर्को शीर्षकमा खर्च गरिरहेको छ भने त्यो दुरुपयोग भइरहेको  उहाँको भनाई छ । 
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली