दार्चुला लगायत ७७ ओटै जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु, कार्यान्वयनमा सहयोग गर्ने स्थानीय सरकारको प्रतिबद्धता ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला लगायत ७७ ओटै जिल्लामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरिएको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आजबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भयो ।
गृह मन्त्रालयको निर्देशन अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाका विभिन्न स्थानीय सरकारबाट हस्ताक्षर गरेको थियो । केन्द्र, ७ ओटै प्रदेश र ७७ ओटै जिल्लामा एक साथ सञ्चालन गरिएको सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल–टोलमा सञ्चालन गरिनेछ । मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल सरकाले उक्त कार्यक्रम सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा प्रतिनिधिसाभा सांसद गणेशसिँह ठगुन्ना प्रमुख अतिथि रहनु भएको थियो । यस्तै प्रदेश सांसदद्धय गेल्बुसिँह बोहरा, मानबहादुर धामी सन्तोष तथा जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की विशिष्ट अतिथि रहनु भएको थियो । यस्तै विभिन्न स्थानीय तहका स्थानीय सरकार प्रमुख एवं उप–प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाका विभिन्न स्थानीय सरकारसंग समुदाय प्रहरी साँझेदारी समझदारी पत्रमा हस्ताक्षर गराएका थियो । यस्तै हिजो बाँकी रहेका व्याँस गाउँपालिका र नौगाढ गाउँपालिकाकाले पनि आजे उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकी तथा नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामीले उक्त पत्रमा हस्ताक्षर गर्दै कार्यक्रम सञ्चालनमा पूर्ण सहयोग र साँझेदारी गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अन्य ७ ओटा स्थानीय सरकारले भने जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय–प्रहरी साँझेदारी समझदारी पत्रमा हिजो नै हस्ताक्षर गरेका थिए । समाजमा शान्ती सुरक्षा कायम गरी सभ्य समाज निर्माण जनप्रतिनिधिहरुको समेत प्रहरी जतिकै भूमिका रहेकाले उक्त कार्यक्रम कार्यान्वयनका लागि जनप्रतिनिधिहरुबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली