देशलाई समृद्धिको बाटोमा लग्न नसके आगामी राजनीतिक यात्रामा धक्का लाग्न सक्ने : सांसद ठगुन्ना।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले अहिलेको अवस्थामा देशलाई समृद्धिको बाटोमा लग्न नसके आगामी राजनीतिक यात्रामा धक्का लाग्ने बताउनु भएको छ । राजनीतिक अस्थिरता कायम भइ वडा देखि केन्द्रसम्म जनताले जनप्रतिनिधिहरुलाई जिम्मेवारी दिई पठाएका बेला देशलाई बनाउन नसके आगामी राजनीतिक यात्रामा धक्का लाग्न सक्ने धारणा व्यक्त गर्नु भएको छ ।
 समुदाय–प्रहरी साँझेदारी उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद ठगुन्नाले अहिले देश निर्माणका लागि महत्वपूर्ण परिस्थिति आएको बताउनु भएको छ । लामो समय देश राजनीतिक अस्थिरताका कारण गुज्रिरहेका बेला जनताले अपेक्षा गरेअनुसार विकास निर्माण हुन नसकेको संकेत गर्दै अहिलेको समय समृद्धिका लागि अनुकूल बातावरण रहेको बताउनु भयो । जनप्रतिनिधिहरुले आ–आफ्ना तहबाट आफ्नो जिम्मेवारीलाई अंगीकार गरी देशलाई समृद्धिको अभियानका अगाडी बढाउदै सुखी नेपाली र समृद्ध नेपालको नारालाई सफल पार्नु जरुरी रहेको औल्याउनु भएको छ ।
प्रहरीले मात्रै समाजमा भइरहेका अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न नसक्ने भएकाले सबैले सहयोग गर्नुको खाँचो औल्याउनु भएको छ । विश्वका विभिन्न देशहरुको उदाहरण दिदै सांसद ठगुन्नाले प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने प्रष्ट्याउनु भएको छ । सबै भन्दा दक्ष र अत्याधुनिक हातहतिर सम्पन्न सुरक्षाकर्मी रहेको संयुक्त राज्य अमेरिका नेपाल भन्दा अपराधमा माथि रहेको बताउनु भएको छ । यस्तै छिमेकी राष्ट भारत पनि नेपाल भन्दा हरेक क्षेत्रमा अगाडी रहेका भएपनि भारत पनि अपराधमा नेपाल भन्दा आगाडी रहेको प्रष्ट पार्नु भएको छ । यसरी दक्ष सुरक्षाकर्मी रहेका राष्ट्रहरुमा पनि अपराध नियन्त्रण गर्न नसकिनुले प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्दैन भन्ने सन्देश दिएको औल्याउदै अपराध नियन्त्रण गर्ने दायित्व सबैको हुने बताउनु भएको छ । अपराध नियन्त्रणमा प्रहरी प्रशासनसंगै व्यक्ति, समाज, राष्ट्र एवं सरकारको पनि उत्तिक्कै भूमिका रहेको बताउनु भएको छ ।
अपराध नियन्त्रणमा पहिलो भूमिका स्वयमकै हुने बताउनु भएको छ । “अपराधिक गतिविधि नियन्त्रणमा स्वयमको पहिलो भूमिका रहन्छ, मैले यस्तो भनिरहदाँ अपराध नियन्त्रणमा सरकार तथा प्रहरी प्रशासनको दायित्व छैन भन्न खोजेको हैन” सांसद ठगुन्नाले भन्नु भयो । अपराध नियन्त्रण गर्न सक्दौनौ तर अपारधलाई न्युनीकरण गरी समृद्ध नेपालको निर्माण गर्न सबैले हातोमालो गरी अगाडी बढाउनु पर्ने बताउनु भएको छ ।
समुदाय–प्रहरी साँझेदारी कार्यक्रम कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भएको छ । केन्द्र तथा प्रदेश सरकारले प्रत्येक दिन जनताको घर दैलोमा पुग्न नसक्ने तर स्थानीय सरकार विहान बेलुका नागरिकहरुका माँझ रहने भएकाले स्थानीय सरकार महत्वपूर्ण जिम्मेवारीमा रहेको बताउनु भएको छ । नेपालको संविधान २०७२ ले पनि स्थानीय तहलाई न्यायिक अधिकार सहितको अधिकार दिइ अपराध मुक्त समाज निर्माणमा अभिप्रेरित गर्न अधिकार दिएको औल्याउनु भयो । जिल्लामा भइरहेका अपराधिक गतिविधिहरुलाई न्युनीकरण गरी निर्मुल पार्नेतिर हामीले लाग्नु पर्ने बेला आएको सांसद ठगुन्नाको भनाई छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री