कक्षा ११ को पुरक परीक्षा मंसिर ८ गते , कुन विद्यालयको परीक्षा केन्द्र कहाँ ?

नयाँ नेपाल समाचार, दार्चुला ।
कक्षा ११ को पुरक परीक्षा अर्थात् ग्रेड सुधार परीक्षा आगामी मंसिर ८ गते हुने भएको छ । यही वर्ष सञ्चालन गरिएको कक्षा ११ को परीक्षामा न्युन ग्रेड प्राप्त गरेका तथा ग्रेड बृद्धि गराउन चाहाने विद्यार्थीहरुका लागि ग्रेड सुधार परीक्षा सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले बताउनु भयो ।
मंसिर ८ गते सञ्चालन हुने कक्षा ११ को ग्रेड बृद्धि परीक्षाका तयारी लगायतका बारेमा छलफल गर्न आज जिल्ला स्तरीय परीक्षा समन्वय समितिको बैठक समेत बसेको थियो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष खुमकान्त आचार्यको अध्यक्षतामा बैठक बसी परीक्षा सञ्चालन लगायतका बारेमा छलफल भएको छ ।
परीक्षा सञ्चालनका लागि दार्चुलामा दुई ओटा परीक्षा केन्द्र निर्धाण गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले बताउनु भयो । जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना मावि खलंगा र गोकुलेश्वर मावि गोकुले गरी २ ओटा परीक्षा केन्द्र निर्धाणर गरिएका हुन् । जिल्लाका जम्मा २५ ओटा विद्यालयका ६ सय ७४ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । 
महेन्द्र नमुना मावि खलंगामा १३ आटो विद्यालय र गोकुलेश्वर मावि गोकुलेमा १२ ओटा विद्यालयको परीक्षा केन्द्र निर्धारण गरिएको छ । महेन्द्र नमुना मावि परीक्षा केन्द्रमा महेन्द्र नमुना मावि खलंगा, हिमालय मावि हुती, जनविकास मावि बारबाँज, हुस्कर मावि काँटै, लटीनाथ मावि खार, मालिकार्जुन मावि धाप, राष्ट्रिय मावि दत्तु, सरस्वती मावि उकुँ, मालिकार्जुन मावि मड तथा कृष्ण मावि डाडाकोटका विद्यार्थीहरु सहभागि हुने छन् । यस्तै शंकरपुर मावि पस्ती, कृष्ण मावि लाली र गौरीलमाण्डौ हिकिला गरी १३ ओटा विद्यालयको परीक्षा केन्द्र मेहन्द्र नमुना मावि खलंगा तय गरिएको छ ।
यस्तै गोकुलेश्वर मावि गोकुले परीक्षा केन्द्रमा मावि गोकुले, खण्डेश्वरी मावि क्षेत्ति, लटीनाथ मावि चन्दरपुर चौपता, गणेश विनायक मावि सिप्टी, सत्यप्रकाश मावि देथला, कृष्ण मावि बलाँच तथा मालिकार्जुन मावि काडाँपारीका विद्यार्थीहरु सहभागि हुनेछन् । त्यसैगरी  गलैनाथ मावि झरकाँडा, लटीनाथ मावि रस्कोट, हुनैनाथ मावि कुणी, हुनैनाथ मावि रातामाटा र मालिकार्जुन मावि मिलमिलेको परीक्षा केन्द्र गोकुलेश्वरमा निर्धाराण गरिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्र निर्धारण गरिएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष रहने व्यवस्था छ । परीक्षा विहान ११ बजे देखि ३ घण्टासम्म सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पन्तले बताउनु भयो ।