बन्द गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि प्राविधिक टोली आउदै, दार्चुला तिंकर सडकको जिम्मा नेपाली सेनालाई दिइने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
झण्डै २५ वर्षदेखि बन्द गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि प्राविधिक टोली आउने भएको छ । जिल्लाको विकासको मूल ढोकाको रुपमा रहेको बन्द गोकुलेश्वर विमान स्थलको अध्ययन गर्न तिहार लगत्तै प्राविधिक टोली आउने दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले बताउनु भएको छ ।
जिल्ला समन्वय समितिद्वारा आयोजित वार्षिक प्रगति तथा समीक्षा गोष्ठीमा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधिसभा सांसद ठगुन्नाले गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि पहल भइरहेको बताउनु भएको छ । तीन वर्ष पहिले पनि सञ्चालनका विभिन्न पहल भइ प्राविधिक टोली पठाउँदा प्राविधिक टोलीले अग्ला अग्ला घरहरुका कारण विमान स्थल सञ्चालन गर्न नसकिने गलत प्रतिबेदन दिएको सांसद ठगुन्नाले बताउनु भयो ।
२०४६ देखि २०५० सम्म सञ्चालनमा रहेको गोकुलेश्वर विमान स्थल सशस्त्र द्वन्द्वकाल पश्चात् पूर्ण रुपमा बन्द भएको थियो । शसस्त्र द्वन्द्वकालदेखि बन्द गोकुलेश्वर विमान स्थल हालसम्म सुचारु गर्न सकिएको छैन । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका विमान स्थलहरु सञ्चालनका लागि कालोपत्रेका काम भइसक्दा समेत दार्चुला जिल्लाको गोकुलेश्वर विमान स्थल भने सञ्चालन गर्न सकिएको छैन । विमान स्थल बन्द भएपश्चात् नेपालमा थुप्रै राजनीतिक परिबर्तन भएपनि गोकुलेश्वर विमान स्थल भने ज्युका तिउँ रह्यो ।
लामो समयदेखि विमान अवतरण गर्न नसकिएको गोकुलेश्वर विमान स्थल अहिले जीर्ण बन्दै गएको छ । त्यति मात्रै नभई चमेलिया नदीले विमान स्थल कटान गर्ने पनि उतिक्कै जोखिम बढेको छ । यसरी जिल्लाको विकासको मेरुदण्डको रुपमा रहेको गोकुलेश्वर विमान स्थल अब भने सञ्चालन हुने संकेत संघीय सांसद ठगुन्नाले देखाएका छन् । विमान स्थल सञ्चालनका लागि तिहार पश्चात् प्राविधिक टोली आइ विमान स्थलको विस्तृत अध्ययन गर्ने जनाउनु भएको छ । गोकुलेश्वर विमान स्थल सञ्चालन गरिएको जिल्लाको विकास गर्न निकै सहज हुने अनुमान गरिएको छ ।
तिंकर सडकको जिम्मा नेपाली सेनालाई दिइने 
यस्तै जिल्लाको विकाससंग प्रत्यक्ष सम्बन्ध राखेको दार्चुला तिंकर सडक निर्माणका आयोजना अब नेपालीको जिम्मा दिने भएको छ । लामो समयदेखि प्रगति गर्न नसकेको दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने विषयमा केन्द्रिय सरकार सकरात्मक रहेको संघीय सांसद गणेशसिँह ठगुन्नाले बताउनु भएको छ ।
लामो समयसम्म सडक निर्माणको कार्य अड्काएको दुहू गाउँपालिकाको विजयपुर भीरमा ट्«याक खोलिएको उक्त सडकको निर्माणको कार्य व्याँसको राप्लाभन्दा अगाडी नेपाली सेनालाई दिने विषयमा छलफल भइरहेको उहाँले बताउनु भयो । लामो समयदेखि प्रगति गर्न नसकेकाले आलोचित बन्दै आएको दार्चुला तिंकर सडक अन्तरत विभिन्न क्षेत्रमा कडा चट्टानी भू–भाग रहेकाले जिलेटिन पड्काउन नेपाली सेनासंग समन्वय गर्ने पर्ने व्यवस्था छ । यसरी सडक निर्माणमा नेपाली सेनासंग समन्वय गरी मात्रै विष्फोटक पदार्थ निर्माण गर्नुपर्ने भएकाले नेपाली सेनालाई नै सडकको जिम्मा दिए सडक निर्माणले गति लिने सबैको धारणा छ । 
मंगलबार मात्रै ट्र्याक खोलिएको विजयपुर भीरको कडा चट्टान काट्न जिलेटिन पड्काउदाँ नेपाली सेनाको सुरक्षा निगरानी आबश्यक परेको थियो । नेपाली सेनाको टोली निर्माण स्थलमा गई जिलेटिन पड्काएको थियो ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री