द्वन्द्वको निकास नभएसम्म देशको विकास हुदैन : मन्त्री शाह ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह दार्चुला आउनु भएको छ । बुधबार दार्चुलाको गोकुलेश्वर आइपुग्नु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री शाह विहीबार जिल्ला सदरमुकाम खलंगा आइपुग्नु भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीद्धारा आयोजित द्वन्द्व व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्न उहाँ दार्चुला आउनु भएको हो । जिल्ला सदरमुका खलंगामा आयोजित उक्त कार्यक्रमका लागि दार्चुला आउनु भएका मन्त्री शाहको टोलीले शुक्रबार देशकै सातौँ धामको रुपमा रहेको मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरको पनि दर्शन गरेका छन् । यस्तै धापमा आयोजित क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा समेत मन्त्री शाह सहभागि हुनु भएको छ । जिल्ला सदरमुकाम खलंगामा सञ्चालन गरिएको द्वन्द्व व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी गोष्ठी समापन गरेर धापको टी ट्वाइन्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनु भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहले देशको विकासका लागि द्वन्द्वको निकास अपरिहार्य भएको बताउनु भएको छ । लामो देशमा भएको द्वन्द्व पश्चात् देशले स्वाश फेर्न पाएको भन्दै अब देशको विकास गर्ने बेला आएको बताउनु भएको छ । 
उक्त गोष्ठीका अध्यक्ष समेत रहनु भएका मन्त्री शाहले देशलाई समृद्धिको बाटोमा लैजान समाजमा भएको द्वन्द्वलाई व्यवस्थापन गर्नु जरुरीरहेको बताउनु भएको छ । द्वन्द्व व्यवस्थापन गर्न नसके समृद्धिको पाइला अगाडी नबढ्ने उहाँको भनाई छ ।“द्वन्द्वको निकास नभएसम्म देशमा विकासको सम्भावन छैन, समाजको समृद्धिका लागि द्वन्द्व व्यवस्थापनको खाँचो छ” मन्त्री शाहले भन्नु भयो ।
विगतलाई बिर्सेर अबको लक्ष्य सबैको समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्ने संकेत गर्दै सबैको उद्देश्य अब देशेको भविष्य बनाउने र निर्धारण गर्ने बेला आएको बताउनु भयो । नेपाल सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र कसैको अनुकम्पाले नभई पूर्खाहरुले लडेर बनाएकाले अब देशको मुहार फेर्ने बेला आएको बताउनु भएको छ । “हाम्रे देश नेपाल सार्वभोम सत्ता सम्पन्न स्वतन्त्र देश कसैको अनुकम्पाले बनेको होइन, कसैले दया मायाले बनेको हैन, कसैसंग भीख मागेर याचना गरेर बनेको पनि होइन, हाम्र पूर्खाहरुले लडेर बनाउनु भएको हो” उहाँले भन्नु भयो ।
विभिन्न राजनीतिक चरणहरु पार गर्दै देश अहिले संघीयतामा गएकोले गाउँ गाउँमा सिंहदरबार आएको बताउनु भएको छ । गाउँमा सिंह र दरबार काठमाण्डौँ रहेको अवस्था नहुनु पर्ने बताउनु भएको छ । विभिन्न उदाहरणहरुबा प्रष्ट पार्दै आफूहरुले सिंह अर्थात् शासक नभई जनप्रतिनिधि भएकाले जनताको सेवा गर्ने, समाजिक परिवर्तन गर्ने जिम्मेवारी आफूहरुमा आएका बताउनु भयो । जनप्रतिनिधिहरुले जनताको सेवा गर्ने भाव राखि समृद्धि राष्ट्र बनाउने अभियानमा लाग्नु पर्ने बेला आएको धारणा व्यक्त गर्नु भएको छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री