राजनीतिक द्वन्द्व सत प्रतिशत हुन नसकेको सांसद ठगुन्नाको भनाई ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
समाजमा द्वन्द्व व्यवस्थापन गर्न नसकिदाँ सम्म समृद्धि गर्न नसकिने संघीय सांसद ठगुन्नाले बताउनु भएको छ । विकास र निकासका लागि द्वन्द्व व्यवस्थापन हुनु जरुरी रहेको भन्दै सांसद ठगुन्नाले समाजमा द्वन्द्व व्यवस्थापन तथा न्युनीकरण गर्न नसकिएसम्म देशको समृद्धि नहुने बताएका हुन् ।
जिल्ला सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधिसभा सांसद ठगुन्नाले देश निर्माण र दिगो शान्तीका लागि द्वन्द्वको अन्त्य भई भाइचाराको विकास हुनु आबश्यक रहेको औल्याउनु भएको छ । सशस्त्र द्वन्द्वको अन्त्य भई देश संघीयतामा गईसकेका बेला अझै पनि राजनीतिक द्वन्द्व भने सत प्रतिशत अन्त्य हुन नसकेको संकेत गरेका छन् । 
केही राजनीतिक असहमतिको अन्त्य भएपनि सत प्रतिशत राजनीतिक द्वन्द्व भने अन्त्य हुन नसकेकाले यस्ता द्वन्द्वहरुको व्यवस्थापन नगरे सम्म समृद्धि र विकासको परिकल्पना गर्न नसकिने औल्याउनु भएको छ । थुप्रै द्वन्द्वहरुले सकारात्मक प्रभाव पारे पनि देश निर्माणका बेला जीवित राजनीतिक द्वन्द्वले सुखी नेपाली समृद्ध नेपालको नारालाई समेत प्रभाव पार्ने धारणा व्यक्त गरेका छन् । प्रदेश सांसद गेल्बुसिँह बोहराले द्वन्द्ध व्यवस्थापनका लागि शिक्षा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनु भएको छ । शिक्षाको माध्यमबाट सबै क्षेत्रको परिकल्पना गर्न सकिने भएकाले द्वन्द्व व्यवस्थापनलाई व्यवस्थापन तथा न्युनीकरण गर्न शिक्षा क्षेत्रमा सुधार र गुणस्तरलाई प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।
द्वन्द्वको सृजना भावना र विचारहरुको बेमेलाबाट सृजना हुने भएकाले नागरिकको विचार र धारणामा परिवर्तनका लागि मुख्य भूमिका शिक्षाले गर्ने भएकले शिक्षा क्षेत्रमा जोड दिनु आबश्यक रहेको उहाँको भनाई छ । शिक्षा क्षेत्र लगायतका विभिन्न पक्षमा सचेत भएर अगाडी बढे द्वन्द्व व्यवस्थापन हुने र यसरी सञ्चालन गरिने कार्यक्रमले पनि सफलता पाउने धारणा प्रदेश सांसद बोहराले व्यक्त गर्नु भएको छ । त्यसैगरी प्रदेश सांसद मानबहादुर धामी सन्तोषले नेपालमा रहेको द्वन्द्व व्यवस्थापनका लागि स्थानीय सरकारले गाउँ गाउँमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्नु आबश्यक रहेको बताउनु भयो । तीनै तहका सरकारले सचेत र गम्भीरता पूर्वक लागे जस्तो सुक्कै द्वन्द्वलाई समेत व्यवस्थापन गर्न सकिने प्रदेश सांसद धामीको भनाई छ ।
द्वन्द्व व्यवस्थापनका गरी देशलाई समृद्ध बनाउनका लागि स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारको उत्तिक्कै भूमिका रहने बताउनु भएको छ । साथै दार्चुला जिल्लामा रहेका विभिन्न समस्याहरु प्रदेश सरकारसम्म पुग्नु र ती समस्याको बोध हुने अपेक्षा समेत सांसद धामीले गर्नु भएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी खुकान्त आचार्यले नकरात्मक द्वन्द्वको अन्त्य गरी सकारात्मक द्धन्द्ध गर्नुपर्ने बताउनु भएको छ । अहिलेको द्वन्द्व देश निर्माण तथा समृद्धिको हुनु आबश्यक रहेको बताउनु भएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य