नौगाढ गाउँपालिकाको सडकमा प्राथमिकताः होपरी–सिप्टी–शेरी–तपोवन सडकमा वर्षेनी एक करोड ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
स्थानीय सरकार गठन भएपछि जिल्लाकै सबै जसो स्थानीय सरकारका आबश्यकता अनुसार आ–आफ्नै ाँप्राथमिकता छन् । कुनै स्थानीय सरकारले पर्यटन तथा अन्य भौतिक संरचनामा प्राथमिकता दिएका छन् कुनै स्थानीय तहले पुललाई प्राथमिकता दिएका छन् त कुनै सरकार सरसफाईलाई नै प्राथमिकता दिएर अगाडी बढी रहेका छन् ।
कतिपय स्थानीय तहहरुमा सडक सञ्जाल समेत नपुगेका सबैजसो जिल्लाका स्थानीय सरकारले सडकलाई प्राथमिकता दिएका छन् । यस्तै नौगाड गाउँपालिकाले पनि सडकलाई मुख्य प्राथमिकता दिइ अगाडी बढी रहेको छ । स्थानीय सरकार गठन भएको पहिलो वर्षमै दर्जनौ सडक निर्माण गरेको नौगाढ गाउँपालिकाले यो वर्ष थुप्रै सडकहरु निर्माण गर्ने योजना बनाएको छ ।
नौगाढ गाउँपालिकाले मुख्य सडकको रुपमा रहेको होपरी–सिप्टी–शेरी–तपोवन सडकलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले वर्षेनी उक्त सडक खण्ड निर्माणका लागि एक÷एक करोड बजेट विनियोजन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा पनि उक्त सडक निर्माणका लागि नौगाड गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको थियो भने यो वर्ष पनि एक करोड बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिँह धामीले बताउनु भयो । जनतालाई सेवा दिन सर्वप्रथम बस्ती बस्तीसम्म सडक पुग्नु आबश्यक भएकाले उक्त सडक लगायत अन्य सडकलाई पनि पहिलो प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष धामीको भनाई छ ।
साविकको जिल्ला विकास समितिद्धारा कृर्षि सडकका नामले निर्माण गरिदै आएको भएपनि वर्षौ समय लगाएर पनि एक किलोमिटर सडक समेत निर्माण गर्न सकिएको थिएन । लाखौँ बजेट खर्च भएर पनि सडकमा प्रगति नदेखिएपछि उक्त ओलोचित बनिरहेको थियो । पछिल्लो समय स्थानीय सरकार गठन भएसंगै स्थानीय सरकारले उल्लेखनीय काम गरेको स्थानीयहरुको प्रतिक्रिया छ ।
वर्षाैसम्म एक किलोमिटर समेत काम हुन नसकेको उक्त सडकलाई गाउँपालिकाले एकै वर्षमा डेढ किलोमिटर भन्दा बढी सडक निर्माण गरेकाले स्थानीयहरुले चाँडै गाडी चढ्ने पाउने भन्दै खुशी व्यक्त गरेका छन् । देथला–दल्लेख– खलंगा सडक अन्तरगत होपरीगाडबाट सुरुवात भएको उक्त सडकको डेढ किलोमिटर भन्दा बढी ट्र्याक खोलिएको छ । 
गत आर्थिक वर्षमा उपभोक्ता समितिद्धारा १ करोड बजेट विनियोजन गरी सडक निर्माणको काम गरिएको थियो । यस्तै यो वर्ष पनि गाउँपालिकाले १ करोड बजेट विनियोजन गरी उपाभोक्ता समिति मार्फत काम सञ्चालन गर्ने तयारी गरेको छ । १ करोड बजेट विनियोजन गरिएको उक्त सडक निर्माणको कार्य शनिबारबाट सञ्चालन गर्न लागिएको उपभोक्ता समिति अध्यक्ष मानसिँह ठगुन्नाले बताउनु भयो । डेढ किलोमिटर सडक निर्माण गरिएको उक्त सडक खण्डको अगाडीको काम शनिबारबाट सञ्चालन गरिने उहाँको भनाई छ । 
उक्त सडक निर्माण कार्य भोली देखि सञ्चालन गर्न लागिएकाले उक्त सडक तलतिर आवत जावत् नगर्न तथा बस्तु भाउ नचराउन उपभोक्ता समितिले सूचना मार्फत आग्रह गरेको छ । सडक निर्माणको कार्य सञ्चालन हुने भएकाले निर्माण अवधिभर उक्त सडक खण्ड भएर हिड्डुल नगर्न तथा बस्तु भाउँ नचराउन आग्रह गरेको उहाँको भनाई छ । सूचनाको अवज्ञा गरी हिड्डुल गरेमा तथा बस्तुभाउ चराएमा सम्भावित हुनसक्ने जोखिम र क्षेतिको जिम्मेवारी स्वयम हुनुपर्ने उपभोक्ता समितिले जनाएको छ ।
होपरी–सिप्टी–शेरी–तपोवन सडक खण्डको ट्«याक सिप्टीसम्म मात्रै पु¥याउन सकिएपनि मार्मा क्षेत्रका स्थानीयहरुलाई खलंगा क्षेत्रसम्म आवत् जावत् गर्न सहज हुने अनुमान गरिएको छ । मुख्यगरी सिप्टी, शेरी तथा सितोलाका स्थानीयहरुलाई खलंगा आउन सहज हुने छ ।
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग

निर्देशिका विपरित यार्सा संकलनको निर्णय, अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !

नयाँ नेपाल समाचार दार्चुला । दार्चुलामा जेठ ६ गतेको एक बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरित निर्णय गरेको छ । जिम्मेवार