अनुमति विना सिसिटिभी क्यामरासञ्चालन गरेमा कारबाही गरिने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुमति विना सिसिटिभी क्यामेरा जडान गरेको भए अनुमति लिन आग्रह गरेको छ ।  जिल्लामा विभिन्न व्यक्ति, संघ संस्था तथा कार्यालयहरुले अनुमिति विना सिसिटिभी क्यामेरा जडान गरी सञ्चालन गरेको भन्ने बुझिएकाले अनुमति लिन प्रशासनले सबैलाई आग्रह गरेको हो ।
गत जेठ २० गते सिसिटिभी क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरिएकोमा केही व्यक्ति, संघसंस्था तथा कार्यालयहरुले अनुमिति लिई सकेको र बाँकी रहेकाहरुले पनि अनुमति लिन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिँह कुवँरले जानकारी दिनुभयो । अझै पनि जिल्लामा कतिपयले अनुमति विना सिसिटिभी क्यामेरा जडान गरि सञ्चालन गरेको भन्ने बुझिन आएकाले सिसिटिभी क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ अनुसार अनुमति लिन आग्रह गरेको छ । दोस्रो पटक सुचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले उक्त कार्यविधि विपरित सिसिटिभी क्यामेरा जडान एवं सञ्चालन गरेको पाइएमा विद्युतीय ऐन २०६३ बमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।
अनुमतिका लागि निबेदनका साथ अनुसूति १ र अनुसूचि २ अनुसार प्रक्रिया पूरा गरी यथाशिघ्र अनुमति लिन उक्त सूचनामा भनिएको छ । प्रयोजन खुलेको निवेदन पत्र, व्यक्तिको नागरिकताको प्रतिलिपि, घर नक्साको प्रतिलिपि, स्थानीय तहको सिफारिस र सिसिटिभी क्यामेराको निगरानीका लागि सम्बन्धित पक्षबाट खटिने व्यक्तिको विवरण लगायतका कागजपत्र समेत संलग्न आग्रह गरेको छ । यस्तै निबेदन, सिसिटिभी क्यामेराको विवरण लगायतको कागज पत्रहरु सलग्न गरी अनुमति लिन प्रशासनले आग्रह गरेको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य