रेडक्रसद्धारा सशस्त्रलाई उद्धार सामग्री हस्तान्तरण, सीमा नदीमा उद्धार सम्बन्धी अभ्यास ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुलाले सात लाख पर्ने एउटा रबरबोट सहित विभिन्न उद्धार सामग्रीहरु सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ । बाढी तथा जलप्रकोपबाट हुने विभिन्न जोखिम न्युनीकरणका लागि रेडक्रश दार्चुलाले शसस्त्र प्रहरी बल नेपाल गुल्म हेटक्वाटर नम्बर  ५० गुल्म दार्चुलालाई हस्तान्तरण गरेको हो ।
करिब सात लाख रुपैँया पर्ने रबरबोट एउटा, लाइफ ज्याकेट, क्याराभेना, डोरी लगातका उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएका नेपाल रेडक्रस सोसाईटी दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थीले जानकारी दिनुभयो । उक्त सामाग्रीहरु नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयबाट जिल्ला शाखा दार्चुलालाई प्राप्त भएको थियो । विभिन्न समयमा दार्चुलामा बाढी तथा जलप्रकोप भएकाले जलप्रकोपबाट हुने आपत् विपद्का बेला प्रयोग गरिने विभिन्न उद्धार सामग्रीहरु हस्तान्तरण  गरिएको हो । 
शसस्त्र प्रहरी बल नेपाल गुल्महेटक्वाटर ५० नम्बर गुल्म दार्चुलामा तालिम प्राप्त १० जनाको जनशक्ति रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धार सामग्रीहरु ग्रहण पश्चात् सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमा नदीमा उद्धार अभ्यास समेत गरेका छन् । आगामी दिनमा सीमा गस्ती र तालिम प्राप्त जनशक्तिका लागि अभ्यास गर्न सजिलो भएको शसस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले बताउनु भयो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजिबीमा भएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकेन्द्रसिँह धामी तथा वडा नम्बर ६ का वडाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को