नेपाली प्रशासनद्धारा भारतीय खाने तेल आयातमा रोक,, झण्डै २२ किलो तेल बरामद ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपालीहरु धेरैजसो उपभोग्य समान देखि लत्ता कपडामा भारतकै भर पर्ने गरेका छन् । मुख्य गरी सीमावर्ती बजार क्षेत्रका स्थानीयहरुको मुख्य बजार भनेकै भारत हो । साँझ चाहिने दैनिक उपभोग्य समानहरु खरिदका लागि नेपालीहरु भारतीय बजार जाने गरेका छन् ।
पछिल्लो सयम नेपाली प्रशासनले भारतबाट खानेतेल आयातमा प्रतिबन्द लगाएको छ । ३÷४ दिनदेखि सीमा नाकाहरुमा भारतबाट खानेतेल ल्याउन नदिने गरेको स्थानीयहरुको भनाई छ । संधै ल्याउदै गरेको खानेतेल तिहारका बेला भने अन्य दिनहरुमो तुलनामा बढी आयात हुने भारतीय खानेतेल यो वर्ष भने आयातमा रोक लगाइएको छ । तिहारका बेला भारतमा काम गरी घर फर्किनेहरु पनि विभिन्न तिहारका सामग्रीहरु तथा खानेतेला ल्याएर सीमा नाका भएर आउने गरेका छन् तर सीमा नाकाहरुमा सुरक्षाकर्मीले खानेतेल ल्याउन नदिने मार्मा गाउँपालिका वडा नम्बर ६ का जग्दीश कोट्टारीले बताए । अघिल्लो हप्तासम्म ल्याउन दिइरहेको भारतीय खानेतेल अहिले भने सीमा नाकाहरुमा ल्याउन नदिने अर्का स्थानीय जयसिँह धामीको भनाई छ । 
भारतीय खानेतेलमा अखाद्य बस्तु मिसावट अर्थात् स्वास्थ्यका लागि हानिकार भएको खुलाशा भएपछि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनु भयो । भारतीय खानेतेल उपभोग गर्न लायकको नभएकाले मन्त्रालयको निर्देशन अनुसार दार्चुलामा पनि भारतीय खानेतेल आयातमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । भारतीय खानेतेल परिक्षण गर्दा प्रयोग गर्न स्वास्थ्यका लागि हानिकारक भेटिएकाले मन्त्रालयले भारतीय तेलमा प्रतिबन्ध लगाउन निर्देशन गरे बमोजिम सीमा नाकाहरुबाट भारतीय खानेतेल आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ । कहिलेसम्म प्रतिबन्द लगाइने तथा कहिले खोलिने भन्ने बारेमा पनि मन्त्रालयबाट परिपत्र आएपछि मात्रै निर्णय हुने छ । मन्त्रालयकै निर्देशन अनुसार भारतीय खानेतेलमा रोक लगाइएकोले मन्त्रालयले नै निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मन्त्रालयको निर्देशन पश्चात् प्रतिबन्द लगाइएको भारतीय खानेतेल हालसम्म २२ किलोग्राम जति भारतीय खोनतेल बरामद गरिएको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरसिँह बडालले जानकारी दिए । उहाँका अनुसार उक्त खानेतेल सरोकारवालाहरको रोहबरमा नष्ट गरिने छ ।
दैनिक रुपमा भारतबाटै आयात गरिदै आएको खानेतेलमा प्रतिबन्द लगाएसंगै नेपाली उपभोक्ताहरुलाई केही समस्या भएको छ । उद्योग वाणिज्य संघका अनुसार नेपालमै भारतको तुलनामा सस्तोमा उपलब्ध भइरहेकाले स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने बताएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिँह ठगुन्नाले विदेशी समान भन्दा स्वदेशी समान प्रयोगमा जोड दिए देशको अर्थतन्त्र समेत बलियो हुने बताए । स्वदेशी समान विदेशी समान भन्दा गुणस्तरीय हुने भएकाले स्वदेशी समानको प्रयोग गर्नुपर्ने अध्यक्ष ठगुन्नाको धारणा छ ।
दार्चुलाका स्थानीयहरु प्रायःजसो भारतीय समानहरुमै भरपर्ने गरेकाले सीमा नाकाहरुमा विभिन्न समस्या झेल्नु परेको अन्य स्थानीयहरुको भनाई छ । दार्चुला बजार क्षेत्रका स्थानीय तरकारी देखि दाल चामल खरिद गर्न समेत भारत धाउने गरेका छन् । भारतबाट सामग्री ल्याउदाँ भारतीय सुरक्षाकर्मी तथा भारतीय कस्टमले दुःख दिने गरेको छ । तैपनि नेपाली नागरिकहरु भारतबाटै समान ल्याउन रुचाउने गरेका छन् । स्वदेशी तरकारी ताजा र गुणस्तरीय हुने भएपनि तरकारी ल्याउन भारतीय बजार धाउने नेपालीहरुको बानीका कारणपनि भारतीय सुरक्षाकर्मीले दिने दुःख सहनु परेको नेपाली व्यापारीहरुको भनाई छ ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को