तिहारमा रेडिमेड मालाको प्रयोग बढ्दो,, तिहारमा देउसी भैलो खेल्ने चलन हराउदै ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपालीहरुको दोस्रो महान चाँडको रुपमा मनाइने तिहार अर्थात दिपावली नजिकिन थालेसँगै गाउँदेखि शहरमा चहलपहल बढ्न थालेको छ । तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ ।
दार्चुला जिल्ला सदरमुकाम खलंगा भन्दा बढी सीमावर्ती बजार भारतको धारचुलामा बढी रौनक छाएको छ । तिहार चाहिने विभिन्न सामग्री किनमेल गर्नेहरुको चहल पहल भारतमा बढेको छ । विभिन्न तिहारका सामग्री किन्न नेपालीहरु पनि भारतमा जाने भएकाले नेपाली बजारको भन्दा भारतीय बजार क्षेत्रमा चहल पहल बढी देखिएको छ ।
पछिल्लो समय तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ । तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्नेको संख्या बढ्न थालेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृतिम मालाहरु प्रयोग बढेको उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ । त्यति मात्रै नभई अहिलेको पुस्ता बढी आधुनिकतामा गएकाले पनि स्वदेशी समान र घरायसी सामग्रीलाई भाउ नदिने प्रबृत्तिले पनि कृत्तिम फूलमालाहरुको प्रयोग बढेको विश्लेषकहरुको भनाई छ ।
गाउँघारमा फूलको खेती नगर्नु र केही आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने कारण पनि फूलको सट्टा कृतिम फूलमा आश्रीत हुनु परेको व्यावसायीहरुको भनाई छ ।
बजारमा ५० रुपैयाँ देखि माथि सम्म पर्ने कृतिम फूलहका मालाहरु विक्रीवितरण भइरहेका छन् । मुख्यगरी नेपाली बजार क्षेत्रमा ती कृत्तिम मालाहरु भारतबाट आयात गरिएका छन् ।
तिहारको पाँचौ दिन भाइटीकाको दिन टीकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । 
तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने तथा मैनबत्ती बाल्ने चलनलाईस मेत आधुनिकताले च्यापिदिएको छ । अहिले दियोको सट्टाले बिजुली बत्तिले झिलिमिलि बनाउन थालिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यस्तो चलन विस्थापित नै भएको छ । माटोको दियो बनाउने चलन पनि घट्दै जानु र बजारमा बिभिन्न प्रबिधिहरुसहितका बत्तिहरु आउनुले यसको महत्व घट्दै गएको हो ।
त्यस्तै तिहार बेला रमाईलो गरी खेलिने देउसी भैलोको चलन पनि विस्तारै घट्दै गएको देखिन्छ । गाउँघरमा विभिन्न युवा क्लब, बालक्लब, महिला समूह एवं विद्यालयको आयोजनामा खेलिने देउसी भैइलो अहिले घट्न थालेको छ । नयाँ पुस्ताले देउसीभैलोमा पनि आधुनिकता मिसाएको स्थानीयवासीको भनाइ छ । देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिंदा परम्परा हराउँदै जान थालेको छ । यस्तै देउसी भैलीका नाममा विभिन्न विकृतिहरु हुने गरेका छन् । यसरी संस्कृतिमै नयाँ पन थपिनुले पुरानो परम्परा लोप हुदै जाने र लोक संस्कृति हराउदै जाने बुढापाकाहरुको चिन्ता छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य