खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको डुकस्टार क्लबलाई ३–२ ले पराजित गर्दै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोस्रो हाफमा थप १ गोल गर्‍यो भने २ गोल खाएको थियो । रुपन्देही ११ का लागि अमर डङ्गोलले २२ औँ र ३८ औँ मिनेटमा गोल गरे भने मनिष थापाले ६९ औँ मिनेटमा तेस्रो गोल गरे । भुटानको डुकस्टार क्लबकोतर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोस्रो मिनेटमा एसी दोर्जीले गोल गरेका थिए । भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न परेको हो । गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाएका थिए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङ्गोल भए । क्वाटरफाइनलमा अब रुपन्देही ११ बाइ पाएर क्वाटरफाइनलमा पुगेको मनाङ मर्स्याङग्दीसँग भिड्ने छ । बुधबार सेमीफाइनल प्रवेशका लागि सिएमजी संकटा र एपीएफ बीच प्रतिस्पर्धा हुने छ । माघ १ गतेसम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप–विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् ।

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

अञ्जन बिष्टको उत्कृष्ट गोल मद्दतमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको