सीमा नाकामा दुबैतर्फ महिला प्रहरीको व्यवस्थाको माग ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
भारतसंग जोडिएको सीमा नाकाहरुमा महिला हिंसा न्युनीकरणको माग गर्दै नेपाली महिलाहरुलाई वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल–भारत सीमा नाका दत्तुमा महिलाहरुलाई आवत् जावत् गर्दा तथा सामानहरु आयात निर्यातमा चेकजाँच गर्दा असुरक्षित महसुश भएको भन्दै महिला प्रहरीको दरबन्दीको माग गर्दै महाकाली नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपालीहरुको मुख्य बजार क्षेत्र भारतको बालुवाकोट रहेकाले महिलाहरुलाई आवत् आवत् गर्दा हुने महिला हिंसा न्युनीकरणका लागि महिला प्रहरीको दरबन्दीका लागि सम्बन्धित निकायमा पहल गरिदिन वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । प्रगतिशिल महिला सशक्तीकरण केन्द्र दत्तुले वडा कार्यालयलाई आफूहरुलाई सुरक्षित महशुस हुने गरी पहलकदमी गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएको प्रगतिशिल महिला सशक्तीकरण केन्द्रका अध्यक्ष चन्द्रा सामन्तले बताउनु भयो ।
भारतीय बजार क्षेत्रबाट आवत् जावत् गर्दा, सीमावर्ती क्षेत्रमा समान चेकजाँ गर्दा महिला सुरक्षाकर्मीको दरबन्दी भएमा आफूहरुलाई सजिलो हुने महिला सशक्तीकरण केन्द्रको विश्वास छ । त्यस्तै सीमा वारपारको दौरानमा हुने महिला हिंसा न्युनीकरण गर्न, सम्भावित मानव बेचविखन निरुत्साहित गर्न, विश्व व्यापी मानव अधिकार संरक्षणको प्रत्याभूति पाउन नेपाल भारत दुबै तर्फ महिला सुरक्षाकर्मीको व्यवस्था गरिदिन वडा कार्यालयलाई अनुरोध गरेका छन् ।
ज्ञापन पत्र मार्फत् महाकाली नदी किनारमा बसोबास रहेकाहरुको उच्च जोखिममा रहेकाले पूर्व सूचना प्रणालीको सूचना स्थानीयहरुको समुदाय सम्म पुग्ने खालको बनाइनुपर्ने माग समेत गरेका छन् । दत्तुमा स्थापना गरिएको पूर्व सूचना प्रणालीको सूचना सबै समुदायसम्म पुग्ने खालको नभएको गुनासो महिला सशक्तीकरण केन्द्रको गुनासो छ ।
महिलाहरुको सामाजिक तथा आर्थिक रुपमा परिबर्तनका लागि आधुनिक कृर्षि औजारहरु उपलब्ध गराइदिन समेत आग्रह गरेका छन् । प्रगतिशील महिला सशक्तीकरण केन्द्रका अध्यक्ष चन्द्रा सामन्त सहित १० जना पदाधिकारीहरुद्धारा संयुक्त हस्ताक्षर गरी ज्ञापन पत्र मार्फत् मुख्य गरी आधुनिक कृषि औचार र सीमा क्षेत्रमा महिला सुरक्षाकर्मीको व्यवस्थाका लागि पहल गरिदिन माग गरिएको छ ।

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को