नेपाल भारत जोड्ने लाली पुल केही महिनामा सञ्चालन हुने, नेकपा सांसदद्धारा पुलको अनुगमन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
लामो समय देखि निर्माणाधीन अवस्थामा रहेको नेपाल–भारत जोड्ने लाली पुल केही महिनामै सम्पन्न हुने भएको छ । सीमा नदी महाकाली माथि निर्माण भइरहेको नेपाल–भारत जोड्ने लाली पुल अबको झण्डै २ महिनामा निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।
२०७३ चैत्र अन्तिमतिर लेकम गाउँपालिकाको लालीमा नेपाल–भारत जोड्ने पुल निर्माण थालिएपनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । लामो समयदेखि निर्माण कार्य थालिएको लाली पुल निर्माणमा ढिलाईका कारण लेकम क्षेत्रमा स्थानीयहरुले ट्युबको यात्रा गर्नु परेको थियो । 
यस्तै जिल्ला सदरमुकाम खलंगा आउन भर्ताेला–जौलजीवि–सेरा सडक खण्ड समेत वर्षात्मा अबरुद्ध हुने र महाकालीमा पानीको बहाब पनि बढ्ने भएकाले ट्युव सञ्चालन गर्न समेत समस्या हुने गरेको लालीका एक स्थानीयले बताउनु भयो । वर्षात्को समयमा लेकम क्षेत्र अर्थात् महाकाली तटीय क्षेत्रका स्थानीयहरुलाई सदरमुकाम खलंगा आउन निकै समस्या हुने गरेको मालिकार्जुन ७ का स्थानीय गजेन्द्र बहादुर चन्दले बताउनु भयो । जौलजीविमा झोलुंगे पुल भएपनि लेकम गाउँपालिकामा भने महाकाली नदीमाथि पुल नहुदाँ त्यस क्षेत्रमा स्थानीयहरुले ट्युब सञ्चालन गरी आवत् आवत् गर्ने गरेका छन् । भारतबाट दैनिक उपभोग्य सामग्रीहरु पनि ट्युबको माध्यमबाटै आयात गर्ने गरेका छन् । भारतीय सुरक्षाकर्मीले देखे ट्युबमा सामान ढुवानी गर्न नदिने स्थानीयहरुको भनाई छ ।
यसरी लामो समयदेखि निर्माणाधीन लाली पुल सञ्चालन भए लेकम क्षेत्रका स्थानीयहरुलाई निकै सहज भन्दै त्यस क्षेत्रका स्थानीयहरु खुशी भएका छन् । पुल निर्माण गरिरहेको निर्माण कम्पनीले अबको केही १÷२ महिनामै पुल सञ्चालनमा आउने बताएको छ । यसैबीच आज नेकपा सांसदहरुले लाली पुलको अनुगमन गरेका छन् । संघीय सांसद गणेशसिँह ठगुन्ना र प्रदेश सांसद गेल्बुसिँह बोहरा लगायतको टोलीले निर्माणाधीन लाली पुलको स्थलगत अनुगमन गर्नु भएको छ । 
पुल अनुगमनका क्रममा नेकपा सांसदले काम छिटो छरितो गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । यस्तै भर्ताेला जौलजीवि सेरा सडक खण्ड बाह्रैमास सञ्चालन गर्ने गरी स्तरोन्नती गरिने नेकपा सांसदले आश्वासन दिएका छन् । लेकम गाउँपालिका वडा नम्बर ३ नेकपा वडा कमिटि सचिव रमेश दत्त भट्टको अध्यक्षता एवं प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नको प्रमुख आतिथ्यतमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको छ । यस्तै प्रदेश सांसद गेल्बुसिँह बोहरा विशिष्ट अतिथि रहनु भएको लालीबाट नयाँ नेपाल सहकर्मी शेरबहादुर विष्टले खबर पठाउनु भएको छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री