सीमा नाकामा समान ढुवानी गर्न नेपालीहरुलाई समस्या ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाल–भारत सीमा नाकाहरुमा समान ढुवानीमा नेपालीहरुलाई असहज हुने गरेको छ । नेपालीहरुको मुख्य बजार क्षेत्र भारत भएकाले भारतबाट समान ढुवानीका लागि सीमा नाकाहरुमा निकै असहज हुने गरेको स्थानीयहरुको गुनासो छ ।
केही वर्ष अघि निर्माण गएिको व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटको तिग्रम पुल घाँटमा विभिन्न सामग्रीहरु आयातमा समस्या हुने गरेको छ । नेपाली बजार क्षेत्र भन्दा भारती बजार क्षेत्र दुहू क्षेत्रका नागरिकहरुलाई नजिक पर्ने भएकाले भारतबाटै किनमेल गर्ने गरेका छन् । यसरी भारतबाट किनेको समानहरु ढुवानी गर्दा तिग्रम पुल घाँटमा भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको व्याँस गाउँपालिका वडा नम्बर ५ का द्रोपती भट्टले बताउनु भयो । धौलाकोटबाट जिल्ला नजिकको नेपाली बजार जिल्ला सदरमुकाम खलंगा क्षेत्र पुग्ने बाटोको समेत अभाव भएकाले भारतीय बाटो प्रयोग गर्नु पर्ने त्यस क्षेत्रका नागरिकहरुको बाध्यता छ । भारतीय बाटो प्रयोग गरी दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गर्न समेत समस्या हुने गरेको स्थानीय भट्टको गुनासो छ ।
सीमा नाका दैनिक उपभोग्य सामग्रीहरु पनि ढुवानी गर्न समस्या भएपछि त्यस क्षेत्रका स्थानीयहरु समस्यामा परेका छन् । चिनी १ केजी भन्दा बढी आयात गर्न नदिने व्याँस गाउँपालिका वडा नम्बर ६ हुतीका स्थानीय मानसिँह खातीले जानकारी दिनुभयो । भारतीय सुरक्षाकर्मीले १ किलो भन्दा बढी चिनि आयात गरेमा बिल माग्ने गरेको छ । तर व्यापारीहरुले २ किलो चिनीको बिल दिन नमान्दा सर्वसाधारणहरु दोहोरो मर्कामा परेका छन् । नेपाली बजारबाट किनेको सामग्रीहरु पनि भारतीय बाटो प्रयोग गरी ढुवानी गर्नुपर्ने बाध्यता दुहूँका स्थानीयहरुको बाध्यता भएकाले पनि भारतबाटै ढुवानी गर्ने गरेका छन् । 
विगत लामो समयदेखि तुइनको प्रयोग गरीरहेका त्यस क्षेत्रका स्थानीयहरुले पछिल्लो समय पुलको प्रयोग गर्न पाइरहेका छन् । तर पुल निर्माण भएसंगै सहज हुने आशमा रहेका नागरिकहरु निराश भएका छन् । तुइन सञ्चालन भइरहेका बेला सामग्री ढुवानीमा कसैले केही नभन्ने स्थानीयहरुको भनाई छ । अहिले पुल निर्माण भएपछि आवात् जावत्मा सहज भएपनि सामग्री ढुवानीमा भने असहज हुने गरेको स्थानीय मानसिँह खातीले बताउनु भयो ।
विगतमा जोखिमपूर्ण तुइनको यात्रा गर्न असहज भएपनि दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा भने कुनै असहज नहुने गरेका बेला पुल निर्माण भएसंगै सामग्री ढुवानीमा समस्या झेल्नु परेको स्थानीयहरुको गुनासो छ । तिग्रममा पुल निर्माण भएसंगै स्थानीयहरुलाई घरमा चाहिने सामग्रीहरु ढुवानीमा समस्या भएको छ । भारतीय सुरक्षाकर्मीहरुले सामग्री ढुवानीमा कडाई गरेपछि स्थानीयहरुलाई सामग्री ढुवानीमा समस्या भएको छ । एक बोरा चामल समेत लग्न नदिने, १ केजी भन्दा बढी चिनी ढुवानी गर्न भारतीय सुरक्षाकर्मी एसएसबीले नदिने स्थानीयहरुको भनाई छ । 
बजार क्षेत्र टाढा भएकाले बजार आएको बेला स्थानीयहरुले केही दिनका लागि पुग्ने गरी घरमा चाहिने सामग्रीहरु ढुवानी गर्ने गरेका छन् । तर भारतीय सुरक्षाकर्मीले ढुवानीमा कडाई गरेपछि स्थानीयहरुलाई समस्या भएको छ । एक किलो चिनी किन्न समेत भारतीय बजार धारचुला धाउनु पर्ने बाध्यता दुहूँका स्थानीयहरुको छ । पुल निर्माण भएसंगै नागरिकलाई सामग्री ढुवानीमा समस्या भएको धौलाकोटबाट नयाँ नेपाल सहकर्मी कपिलदेव भट्टले खबर पठाउनु भएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य