संरक्षण क्षेत्र भित्रैका वन छैनन् संरक्षित, तिब्र कटान र अव्यवस्थित चरिचरन कारण संरक्षणमा चुनौती ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
स्थानीय नागरिकको जिविकोपार्जन र पशुपालनको आधार वन क्षेत्र हुन्छ वन सम्पदाको संरक्षणसँगै जिविकोपार्जनमा समेत सुधार ल्याउने उद्देश्यले स्थापना गरिएका संरक्षण क्षेत्रभित्रै वन संरक्षण हुन नसक्नु आफैमा गम्भीर विषय हो ।
२०६७ साल असार २८ गते स्थापना गरिएको अपी नाम्पा संरक्षण क्षेत्रभित्रका केही वनहरुको अवस्था हेर्ने हो भने नागरिकको जिविकोपार्जन र पशुपालनका आधार मानिएका वन क्षेत्रहरु संरक्षण नभएको प्रष्ट देखिन्छ । २ हजार ८ सय ५ हेक्टरमा फैलिएको हिकिला संरक्षण सामुदायिक वन होस् वा तत्कालीन इयरकोट गाविसका ६ वटा सामुदायिक वनहरु हुन्, यी वनहरुमा वर्षौ पुराना केही रुखहरु बाहेक नयाँ रुख र बोटहरु पाउनै नसकिने अवस्था छ ।
हिकिला संरक्षण सामुदायिक वनबाट त रागो सल्ला, पाङर, लुइटका रुखहरु समेत नपाइने अवस्था आएको तत्कालीन हिकिला गाविस अन्तरगत वडा उपभोक्ता समितिका अध्यक्ष समेत रहेका दुहूँ २ हिकिलाका हरकसिह बडाल भन्छन् । 
तिब्र कटान र अव्यवस्थित चरिचरन समस्याको कारण
व्याँस, दुहूँ र नौगाड गाउँपालिकाको सिमा क्षेत्र रहेको धार्मिक स्थल सिद्ध टोपी क्षेत्रको पूर्व र पश्चिममा रहेका वनहरु पातलिदै जानु र नयाँ रुखहरु संरक्षण गर्न नसकिनुनमा उक्त क्षेत्रमा हुने तिब्र रुख कटान र अव्यवस्थित चरिचरन भएको स्थानीय जानकारहरु बताउँछन् ।
सामुदायिक वनमा प्रसस्त पाइने रुखहरुको बिगतमा तिब्र कटान भएको र नयाँ रुख रोप्न नसकिएकाले वन संरक्षणमा चुनौति थपिएको स्थानीय व्यापारी समेत रहेका हरकसिह बडालको भनाई छ । अनियन्त्रित चरिचरन र कटान हुँदा वनभित्र पुराना रुख मात्रै बाँकी रहेको नयाँ रुख पाउन नसकिने अवस्था सिर्जना भएको इयरकोट उपभोक्तो समितिका अध्यक्ष रही सकेका स्थानीय शिक्षक धनसिह डडाल बताउँछन् ।
२०६७ तिर अपीनाम्पा संरुक्षण क्षेत्र स्थापना हुने र संरक्षण क्षेत्रभएपनि दाउरा समेत काट्न नपाइने हल्ला चलेपछि यो क्षेत्रका नागरिकले घर निर्माण गर्न र अन्य आवश्यक कामका लागि तिब्र रुपमा रुख काटेर ल्याउने गरेको स्मरण गर्दै हिकिलाका स्थानीय हरकसिह बडाल भन्छन् ‘तिब्र रुपमा रुख काटिए तर वृक्षारोपण गरेर संरक्षण गर्न सकिएन ।’ बैशाखदेखि असोजसम्म ६ महिना साविकका धारी, हुति, धौलाकोट गाविसका केही भाग तथा हिकिला र पिपलचौरी गाविसका स्थानीयका गाईवस्तुहरु हिकिला सरक्षण सामुदायिक वन र यो क्षेत्रका पाटनमा छोडिन्छन् । केहीले संरक्षण वनभित्र कै क्षेत्र (थाईसैन) स्थानीयले बनाएका खर्कहरुमा वस्तुभाउ राखेर पाल्ने गरेको भएपनि अधिकांशले छाडा रुपमा गाईवस्तुहरु वन र पाटन क्षेत्रमा छोड्दा नयाँ बोटबिरुवा आउनै नसकेको स्थानीयहरुको भनाई छ ।
गाईवस्तुहरुलाई बैशाखमा वनमा छोडेर असोजमा खोजेर ल्याउन प्रचलनले यो क्षेत्रमा वन संरक्षणमा चुनौति थपिएको स्थानीय शिक्षक लोकेन्द्र बहादुर बंमले बताउनु भयो ।
सामुदायि वन भएपनि साविकका धुलिगडा, सिस्टी, खार र इयरकोटका पशुपालकहरुले सामुदायिक वनबाट अनुमति नलिएरै भेडाच्याङ्ग्रा र गाईवस्तुहरु वनभित्र चरिचरन गराउने हुँदा साविकका इयरकोट गाविसका आधा दर्जन सामुदायिक वनहरु संकटमा परेको नौगाड गाउँपालिका वडा नम्बर १ का शिक्षक शेरसिह डडाल बताउँछन् । भेडाच्याङ्ग्रा र वस्तुभाउ चराउने अन्यत्र ठाउँ र चरिचरन पनि व्यवस्थित नभएकाले वनभित्र नयाँ रुखहरुलाई संरक्षण गराउनै नसकिने उनको भनाई छ ।
वर्षौ पुराना रुखहरुको वन
वनभित्र वर्षौ पुराना र सुकेका रुखहरु मात्रै छन्, नयाँ बुट्यान र रुखहरु छैनन् । बोट बिरुवालाई संरक्षण गर्ने निंगालो र अन्य बुट्यानहरु समेत नष्ट भएको हुँदा वृक्षा रोपण गरेर पनि बोटबिरुवा टिकाउन नसकिने स्थिति आएको स्थानीय बताउँछन् ।
कयौं ठाउँमा पुराना रुखहरु आफै ढलेको र ढलाइएका दृष्यले वनलाई माया गर्ने जोकोहीको पनि मन कुडिने अवस्था आएको ती वन क्षेत्रमा घुमेर आएका दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक माधवप्रशाद अवस्थी बताउँछन् । वनमा केही पुराना रुखहरु मात्रै छन्, तिनीहरु ढलेसँगै वन रहेको डाडा क्षेत्र नांगो हुने अवस्थामा पुगेको उनको भनाई छ । वन क्षेत्र जोगाउन स्थानीय र सरोकारवालाहरुले तत्काल काम सुरु गर्न नसके अबको बिस वर्षमा त्यो क्षेत्रमा वन क्षेत्र उजाड हुन सक्ने उनले बताए ।
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग

निर्देशिका विपरित यार्सा संकलनको निर्णय, अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !

नयाँ नेपाल समाचार दार्चुला । दार्चुलामा जेठ ६ गतेको एक बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरित निर्णय गरेको छ । जिम्मेवार