घोषित कार्यक्रममा ध्यान जाओस् !

पदम बडाल, दार्चुला ।
परम्परागत वजेट विनियोजन र योजना वितरणभन्दा माथि उठ्न नसकेका स्थानीय सरकारहरुको वास्तविकताभन्दा थोरै भिन्न रहेर महाकाली नगरपालिकाले आउँदो वर्षदेखि नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय अंग्रेजी माध्यममा सञ्चालन गर्ने, वडा नम्बर एकमा भ्यु टावर निर्माण गर्ने, नगर बस सञ्चालन गर्ने, सदरमुकाममा खेल मैदान निर्माण गर्ने जस्ता नयाँ र थप कार्यक्रमहरुको घोषणा गरेको छ । यी योजनाहरुको कार्यान्वयन र निर्माण सम्पन्न हुने हुन् भने नगरबासीले थोरै परिवर्तन भएको आभाष गर्ने थिए । यी कार्यक्रमहरु नगरपालिकाले निर्माण गरेको नीति तथा कार्यक्रममा समेत समावेश गरिएका छन् । 
नगरपालिकाको नीति तथा कार्यक्रमको क्षेत्रगत नीति अन्तर्गत आर्थिक क्षेत्रमा भ्युटावर निर्माण, सामाजिक क्षेत्र अन्तर्गत शैक्षिक स्तरमा सुधार र नगर बस सञ्चालन गरिने कुरा उल्लेख गरेर नगरपालिकाले नीतिगत रुपमै विकासका अवधारणाहरु सार्वजनिक गर्ने प्रयास गरेको छ । यसका लागि आवश्यक पर्ने रकम कसरी व्यवस्थापन गर्ने, स्रोत के हुने तथा खर्च प्रणाली कस्तो हुने भन्ने वारेमा भने वेभसाइड मार्फत सार्वजनिक गरिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्न सकेको देखिएन । यसले नगरपालिकाले नीतिगत विकास योजना तय गरेको, सामाजिक सञ्जाल र वेभसाइड मार्फत कार्यक्रम सावर्जनिक गर्न खोजेको भएपनि नीति तथा कार्यक्रममै हुनु पर्ने वजेटको स्रोत र विनियोजनको अवस्थाका वारेमा भने जानकारी नहुने अवस्था सिर्जना भएको छ ।
नगरपालिकाले गत वर्ष दशैंको अवसरमा सञ्चालन गरेको मेयर कप फुटबल र हालै तिहारका अवसरमा गर्ने भनेर घोषणा गरिएको तिहार महोत्सव जस्ता कामहरुलाई निरन्तरता दिन सकेको देखिदैन भने प्रत्येक चौमासिकमा गर्ने घोषणा गरिएको निशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारीको सुचनाहरु पनि सार्वजनिक भएको देखिदैन । नगर स्टेडियम निर्माण गर्ने भनिएको क्षेत्रमा स्थानीयको बिरोध भएको कुरा जिल्ला प्रशासनसम्मै पुगेको छ भने नगरपालिकाले आफ्नै भवन निर्माण नगरी कर्मचारी आवास गृहलाई नगरपालिकाको कार्यालयको रुपमा उद्घाटनै गरेर कार्य थालनी गरेको छ । कुनै किसिमको गन्तव्य नभएको तर खलंगा बजार र वरपरको क्षेत्रलाई अवलोकन गर्न सकिने छापरीको भ्यु टावरका भिजिटर र अन्य पूर्वाधारको अवस्थाको आँकलन नगरपालिकाले गरेको छ वा छैन ? नगर बस सञ्चालन गर्ने घोषणा गरेको नगरपालिकाले कम्तिमा पनि दत्तुदेखि दल्लेकसम्मको सडकमा नगर बस सञ्चालन गरे स्थानीयले विकासको अनुभुति गर्नेछन् तर खलंगादेखि दत्तुसम्म मात्रै हो भने व्यावसायीको समेत बिरोध खेप्नु पर्ने अवस्था सिर्जना हुन सक्छ । अंग्रेजी माध्यममा विद्यालयहरु सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन र उनीहरुको प्रतिबद्धताप्रति पनि नगरपालिका सचेत हुनु जरुरी छ ।

(सम्पदकीय )

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको