गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृत विहीन,, दुहूँका अधिकृत निलम्बनमा, व्यासँका अधिकृत जिल्ला नै नपुगी अन्तै सरुवा ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देखिएको छ । जिल्लाको व्याँस गाउँपालिका र दुहूँ गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत विहीन बनेका छन् ।
स्थानीय सरकार गठन भएसंगै जिल्लाका विभिन्न स्थानीय तहले सुरुमै प्रमुख प्रशासकीय अधिकृत पाएका थिए केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पाउन सकेका थिएनन् । अहिले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा भएको महिनौ बितिसक्दा समेत अर्काे प्रमुख प्रशासकीय अधिकृत नआउदाँ दार्चुलाका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन बनेका छन् । विभिन्न कर्मचारीहरुको अभाव झेलिरहेका गाउँघरका सिंहदरबार अहिले प्रमुख प्रशाकीय अधिकृतको अभाव झेलिरहेका छन् ।
चालु आर्थिक वर्षको ४ महिना बित्नै लागेकाले नयाँ योजना कार्यान्वयन गर्ने बेला प्रमुख प्रशासकीय अधिकृतको नहुदाँ नयाँ योजना कार्यक्रम तथा गत आर्थिक वर्षका विभिन्न कार्यहरु गर्न नसकिएको दुहूँ गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशीले बताइन् ।
दुहूँ गाउँपालिकाले गत वर्ष अर्थात् स्थानीय सरकार गठन भएको पहिलो वर्ष प्रमुख प्रशाकीय अधिकृत बिना नै काम गर्नु परेको दुहूँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए । गत वर्ष दुहूँ गाउँपालिकामा प्रमुख प्रशाकीय अधिकृत बिना काम गर्नु परेकोले सोचे जस्तो काम गर्न नसकिएको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षको केही महिना अघि दुहूँ गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको थियो । दुहूँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर केही महिना अघि मात्रै अमर सिँह महरा आउनु भएको थियो । तर उहाँ आएको छोटो समयमै निलम्बनमा परेपछि दुहूँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
यातायात व्यवस्था विभागको काम कारबाहीका क्रममा दुहूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर महरा सहित २२÷२३ जना कर्मचारी विरुद्ध अख्तियारमा मुद्दा परेको छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि दुहूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर महरा निलम्बनमा परेको अध्यक्ष कार्कीको भनाई छ । 
यसरी कर्मचारीहरुको अभावमा जनभावना अनुसार काम गर्न नसकिने भएकाले जनताले आफूहरुले दोष दिने भएकाले काम गर्न समस्या भएको उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा परेपछि स्वत निलम्बन हुने व्यवस्था भएकाले दुहूँ गाउँपालिका पुनः प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको हो । दुहूँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदाँ विभिन्न आर्थिक कारोबार तथा गत वर्षका अनुगमन गर्न बाँकी योजनाहरुको अनुगमन तथा भूक्तानी समेत गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले बताइन् । प्रमुख प्रशाकीय अधिकृत नहुदाँ गाउँपालिकाका सबै जसो काम गर्न समस्या भएको उपाध्यक्ष जोशीले धारणा छ ।
गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि युवा, खेलकुदा तथा शिक्षा विकास शाखा प्रमुख शिवराज भट्टको नाम लेखि पठाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको लागि शाखा अधिकृत स्तरको कर्मचारी आबश्यक हुने प्रावधान छ । 
व्याँसका प्रमुख प्रशासकीय अधिकृत जिल्ला नै नपुगी सरुवा 
व्याँस गाउँपालिका पनि केही महिना देखि प्रमुख प्रशाकीय अधिकृत विहीन बनेको छ । यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिलिपसिँह धामीको रौतहट जिल्ला सरुवा भएपछि व्याँस गाउँपालिकामा हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । 
प्रमुख प्रशासकीय अधिकृत धामीको सरुवा पछि रामप्रशाद ओली आउने भनिएपनि उनको अन्तै सरुवा भएको छ । व्याँस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयबाटै रामप्रशाद ओली आउने भनिएपनि नयाँ प्रमुख प्रशासकीय अधिकृत व्याँस गाउँपालिकामै नपुगी अन्तै सरुवा भएको व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिँह बुढाथोकीले जानकारी दिए ।
गत असोज १४ गते दिलिपसिँह धामीको रौतहट जिल्ला सरुवा भएको एक महिना भन्दा बढी भइसक्दा समेत व्याँस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत दार्चुला नपुगेरै मन्त्रालयबाट अन्तै सरुवा भएपछि अर्को प्रमुख प्रशाकीय अधिकृतको कुनै टुंगो नलागेको अध्यक्ष बुढाथोकीको भनाई छ । यसरी बेला बेला कर्मचारीको सरुवा हुनुले स्थानीय तहका काम कारबाहीमा समस्या आउने गरेको स्थानीय सरकार प्रमुखहरुको भनाई छ ।
व्याँस गाउँपालिकाका लागि आउने भनिएका प्रमुख प्रशासकीय अधिकृत रामप्रशाद ओलीको बीच बाटो बाटै अन्तै सरुवा हुनुले दार्चुला आउन कर्मचारीहरु नरुचाउने गरेको प्रष्ट भएको टिप्पणी हुन थालेको छ । सुदूरपश्चिमको त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित विकट जिल्ला भएकाले पनि दार्चुला आउन कर्मचारी कम रुचाउने गरेका हुन् । दार्चुला जिल्लामा अझै विभिन्न असुविधा रहेकाले कर्मचारीहरु दार्चुला आउन त्यति नरुचाउने गरेको जानकारहरुको भनाई छ । 
दार्चुला जिल्लाका विभिन्न कार्यालयहरुका कर्मचारीहरुको सरुवा हेर्दा पनि प्रष्ट हुने गरेको छ दार्चुला आएका कर्मचारीहरु पनि लामो समय टिक्दैनन् । दार्चुला जिल्लामा सरुवा भइ आएका कर्मचारीहरु पनि छिट्टै सरुवा भएर अन्यत्रै जिल्ला जाने गरेका छन् । व्याँस गाउँपालिकाको घट्नाले झन् स्पष्ट पारिदिएको छ, कर्मचारीहरु दार्चुला आउन कति रुचाउँछन् भन्ने कुरा !
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री