दार्चुलामा ७ मिनेटको अन्तरमा दुईपटक भूकम्पको धक्का महसुश ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सुदूरपश्चिम प्रदेशको दार्चुला लगायतका विभिन्न पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । आज दिउँसो तिर दार्चुला लगायतका विभिन्न पहाडी जिल्लाहरुमा ७ मिनेटको अन्तरमा दुई पटक भुकम्पको धक्का महसुश गरिएको छ ।
दिउँसो १२ बजेर ५२ मिनेटर र १२ बजेर ५९ मिनेटमा गरी दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतको उत्तराखण्डका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ । १२ बजेर ५२ मिनेटमा ५ दशमलब १ रेक्टर स्केलको र १२ बजेर ५९ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प मापन गरिएको भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकरी दिनुभयो । भारतको उत्तराखण्डको खेला भन्ने स्थानमा केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
अहिले जिल्लामा कुनै मानवीय तथा भौतिक क्षेतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । भूकम्पीय जोखिमका दृष्टिकोणले दार्चुला उच्च जोखिममा रहेको छ । यसअघि पनि दार्चुला जिल्ला केन्द्र विन्दु बनाएर तथा छेउका विभिन्न क्षेत्र केन्द्र विन्दु बनाएर विभिन्न समयमा भूकम्पका धक्का महसुश हुने गरेको छ । दार्चुला जिल्ला भूकम्पीय जोखिमका दृष्टिकोणले उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनु पर्ने देखिएको छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य