दार्चुलाका ४ स्थानीय तहमा सामुदाय-प्रहरी समन्वय समिति गठन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयोजनमा द्यार्चुला जिल्लाका विभिन्न स्थानिय तहहरुमा पालिकास्तरिय सामुदाय प्रहरी समन्वय समिति गठन भइरहेको छ । सुरक्षा लगायतका विभिन्न दृष्टिकोणले जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा सामुदाय–प्रहरी समन्वय समिति गठन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा आइतबार समिति गठन गरेसंगै समुदाय प्रहरी समन्वय समिति गठन भएका स्थानीय तहको संख्या ४ पुगेको हो ।
त्यसैक्रममा आइतबार नौगाड  गाउपालिकामा पालिका स्तरिया सामुदायिक प्रहरी गठन गरेको छ । नौगाड गाउपालिका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा वसेको वैठकले गाउपालिका अध्यक्ष प्रेमसिह धामी संयोजक रहने गरि २४ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा नौगाड गाउपालिका उपाध्यक्ष गौरी देवी ठगन्ना र प्रहरी निरिक्षक हिक्मत वहादुर वोहरा रहनु भएका छन् ।
त्यस्तै सदस्यहरुमा नौगाड गाउपालिकाका प्रमुख प्रशाषकिय अधिकृत मोहनसिह धामी लगायत विभिन्न संघसंस्थाहरु, नागरिक समाज, आमासमुह, अभिभावक, शिक्षक प्रतिनिधिहरु रहने गरि समिति गडन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी नायव उपरिक्षेक नवराज अधिकारीले संचालन  गरेको कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्की प्रमुख अतिथि रहनु भएका थिए । शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक भिमबहादुर चन्द अतिथि रहनु भएको थियो ।

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य