लेकम क्षेत्रका शक्ति पीठहरुमा जात्राको लहर,, कात्र्तिक शुक्ल द्धित्तिया तिथीबाटट जात्रा सुरु ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठहरुमा जात्राको लहर सुरु भएको छ । प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्धित्तिया तिथि आर्थात् भाइटिकाको दिनबाट लेकम क्षेत्रका विभिन्न शक्ति पीठ अर्थात् मठ मन्दिरहरुमा जात्रा सुरु हुने गरेको छ ।
कात्र्तिक शुक्ल द्धित्तिया तिथिबाट सुरु हुने लेकम क्षेत्रका शक्ति पीठहरुको जात्रा यो वर्ष पनि सोही दिनबाट सुरु भएका छन् । जात्रा सुरु हुने पहिलो दिन मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको कैलपाल लटीनाथ मन्दिर चौड र शैल्यशिखर नगरपालिकाको बोहरीगाउँमा रहेको लटीनाथ मन्दिर बन्तोलीमा जात्रा लागेसंगै लेकम क्षेत्रमा जात्राको लहर सुरु भएको छ । 
प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्धित्तिय तिथिबाट सुरु हुने लेकम क्षेत्रको जात्रा लेकम गाउँपालिका ४ खरकडाको पातिमा लाग्ने पूर्णिमाको जात्रा संगै समापन हुने परम्परा छ । कात्र्तिक शुक्ल द्धित्तियादेखि सुरु भई पूर्णिमासम्म विभिन्न तिथि, मितिमा जात्रा लाग्ने गरेको छ ।
यस्तै यसबीचमा मालिकार्जुन वडानम्बर ८ को शंकरपुरमा सप्तमी तिथिको दिन, मालिकार्जुन गाउँपालिकाकै वडानम्बर ४ को हुनौनाथ मन्दिर औतालेक र लेकम हुनैनाथ मन्दिर कुणीमा अष्टमीका दिन जात्रा लाग्ने गरेको छ । महाकाली नगरपालिकाको असिगडाको भगवती मन्दिरमा र लेकम गाउँपालिका वडा नम्बर ५ को लटिनाथ जैपुर मन्दिरमा नवमी तिथिमा जात्रा लाग्ने गरेको छ । जैपुरको जात्रालाई श्रद्धालु भक्तजनहरु तथा दर्शनार्थीहरुले विशेष महत्वको साथ हेर्ने गरेको पाइन्छ । त्यस्तै मालिकार्जुन गाउपालिका वडानम्बर ३ मा रहेको देशकै सातौँ धाम मालिकार्जुन मन्दिरमा चर्तुदशी तिथिमा जात्रा लाग्ने गरको छ । जुन लेकम क्षेत्रकै ठुला जात्रा हुने भएकाले मालिकार्जुन मन्दिरमा लाग्ने जात्रालाई ठुली जात्राको नामले पनि चिनिन्छ । चतुर्दशीकै दिन लेकम गाउँपालिकाको भगवति मन्दिर कुणीमा पनि जात्रा लाग्ने गरेको छ ।
त्यस्तै लेकम गाउपालिका वडानम्बर ४ खरकडाको पातीमा रहेको मन्दिरमा पुर्णिमा तिथि अन्तीम जात्रा लाग्ने गरेको छ । अन्तिम जात्राको रुपमा पातीको जात्रालाई नै मानिन्छ । त्यस्तै पूर्णिमाकै तिथिमा शंकरपुरको रनेबास गौरी मन्दिरमा समेत जात्रा लाग्ने गरेको छ । यस्तै लेकमको पातीको जात्रालाई अन्तिम जात्राको रुपमा लिइने भएपनि एकादशी तिथिका दिन शंकरपुरकै सोबनाथ मन्दिरमा पनि जात्रा लाग्ने गरेको छ । यही अवधिमा जिल्लाका विभिन्न शक्ति पीठहरुमा पनि पूजाआजा गर्ने तथा जात्रा लाग्ने गरेको छ ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा