सिआरडीएसद्धारा आयोजित महिला भलिबल प्रतियोगिता सम्पन्न,, प्रतियोगिताको उपाधी लेकम गाउँपालिकालाई ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्धारा आयोजित महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको २५ औँ रजत जयन्ती तथा २६ औँ साधारण सभाको पूर्व सन्ध्यामा कात्र्तिक २८ गतेदेखि पालिका स्तरीय महिला मैत्रीपूर्ण बलिबल प्रतियोगिता उद्घाटन गरिएको थियो ।
प्रतियोगिताको उपाधी लेकम गाउँपालिकाले जितेको छ । नौगाड गाउँपालिकाको महिला टीमलाई हराउदै लेकम गाउँपालिका विजयी भएको छ । फाईनल खेलमा नौगाढ टीमलाई पराजित गर्दे लेकम गाउँपालिका प्रतियोगिताको विजेता बनेको हो ।
लेकम गाउँपालिका र नौगाढ गाउँपालिकाबीचको प्रतियोगिता निकै रोचक भएको थियो । दुबै टिमतिरबा हुटिङ मच्चिरहेको थियो भने कतिपय दर्शकहरुले नगद पुरुस्कार दिइरहेका थिए । जसले गर्दा दुबै टिमका खेलाडीहरुको मनोबलमा उच्च भइरहेको थियो । यस्तै नौगाढ गाउँपालिका द्धित्तिय र मालिकार्जुन गाउापालिका तृत्तीय भएको छ । तृतीय स्थानका लागि दुहूँ गाउँपालिका र मािलकार्जुनबीच भएको खेलमा मालिकार्जुन गाउँपालिका विजय हुदै तेस्रो स्थान सुरक्षित गरेको हो । खेलाडीहरुलाई आजै पुरुस्कार वितरण गरी प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षता एवं प्रदेश सांसद गेल्बुसिँह बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं उप–प्रमुखहरु, खेलप्रेमी खेलाडीहरु लगायतको सहभागिता रहेको थियो ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा