ऐरिछाना–हुनैनाथ–डाडाकोट सडक खण्डको विवाद सुल्झियो ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
विवादित ऐरिछाना–हुनैनाथ–डाडाकोट सडक खण्डको विवाद समाधान भएको छ । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ र ५ का विभिन्न बस्तीहरु जोड्ने निर्माणाधीन ऐरिछाना–हुनैनाथ–डाडाकोट सडक खण्डको विवाद आज बसेको सरोकारवालाहरुको बैठकले समाधान गरेको हो ।
यसअघि सडक निर्माणका क्रममा कुन बाटो भएर निर्माण गर्ने भन्नेमा हुनैनाथ र डाडाकोटका स्थानीयहरुबीच विवाद देखिएको थियो । निर्माणाधीन सडकमा विवाद देखिएपछि सडक निर्माण कार्य प्रभावित भएपछि उक्त विवाद समाधानका लागि आज दुबै क्षेत्रका स्थानीयहरु, जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको बैठक बसी विवाद समाधान गरिएको बैठकमा सहभागि नेपाल पत्रकार महासंघका जिल्ला सचिव कृष्णसिँह धामीले जानकारी दिनुभयो ।
यसअघि सडक डिभिजन पाटन बैतडीद्धारा निर्माण भइरहेको सडक अहिले स्थानीय सरकारले निर्माण गरिरहेको छ । सडक डिभिजन पाटन बैतडीले झण्डै २ किलोमिटर ट्र्याक खोलिसकेको थियो भने त्यसपश्चात् स्थानीयहरुको विवाद देखिएपछि सडक निर्माण कार्य प्रभावित भएको थियो ।
उक्त सडक निर्माण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिएपछि मालिकार्जुन गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको थियो भने ५ नम्बर वडा कार्यालयले ४१ लाख बजेट विनियोजन गरेको वडा नम्बर ४ का वडाध्यक्ष चक्रसिँह धामीले जानकारी दिनुभयो ।
सडक निर्माणका कारण चारओटा खानेपानी योजना प्रभावित
उक्त सडक निर्माणका कारण मालिकार्जुन गाउँपालिकाका विभिन्न ४ ओटा खानेपानी योजनाहरु समेत प्रभावित भएका छन् । सडकका निर्माण गर्दा ४ नम्बर वडाभित्रका विभिन्न ३ खानेपानी योजना क्षेतिग्रस्त भएका छन् भने अर्काे एउटा खानेपानी योजना पनि प्रभावित हुने देखिएको स्थानीयहरुको भनाई छ ।
विकासले विनाश निम्त्याउछ भने जस्तै उक्त सडक निर्माण गर्दा ४ ओटा खानेपानी योजना क्षेतिग्रस्त हुने देखिएपछि उपभोक्ताहरु मर्कामा पर्ने देखिएको छ । उपभोक्ताहरु खानेपानीको प्रयोगबाट बञ्चित हुने देखिएपछि सोही बैठकले स्थानीय सरकार र प्रदेश सरकारसंग पुनः निर्माणका लागि अनुरोध गर्ने निर्णय गरेको वडा नम्बर ४ का वडाध्यक्ष चक्रसिँह धामीले जानकारी दिनुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष चक्रसिँह धामीको अध्यक्षतामा बसेको बैठकमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिँह धामी प्रमुख अतिथि रहनु भएको थियो । यस्तै वडा नम्बर ५ का वडाध्यक्ष तर्कराज ओझा, वडा नम्बर ६ का वडाध्यक्ष गोपालसिँह धामी लगायत जनप्रतिनिधिहरु, हुनैनाथ र डाडाकोटका स्थानीयहरु लगायतको बैठकमा सहभागिता रहेको थियो । 
 

खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,, पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग

निर्देशिका विपरित यार्सा संकलनको निर्णय, अपिनाम्पा र गाँउपालिका दुबैले कर नउठाउने सहमति !

नयाँ नेपाल समाचार दार्चुला । दार्चुलामा जेठ ६ गतेको एक बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरित निर्णय गरेको छ । जिम्मेवार