जौलजीविमा पक्की पुल निर्मायाका लागि पहल गर्ने मन्त्री भट्टको प्रतिबद्धता ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले जौलजीविमा पक्की पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका दृष्टिकोणले महत्वपूर्ण रहेको जौलजीवि क्षेत्रमा नेपाल भारत जोड्ने पक्की पुल निर्माणका लागि कुरा राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
ऐतिहासिक धार्मिक जौलजीवि महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री भट्टले पक्की पुलका लागि भारतको उत्तराखण्ड प्रदेशका पर्यटन मन्त्री संग कुरा राख्ने बताउनु भएको छ । यही मंसिर ६ गते काठमाण्डौमा पर्यटन सम्बन्धी समन्वय बैठक तथा छलफलका क्रममा दार्चुलाको जौलजीविमा पक्की पुल राख्ने सम्बन्धमा कुरा राख्ने आश्वासन मन्त्री भट्टले जाहेर गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय नाका जोड्ने वर्षाेदेखि सञ्चालनमा रहेको जौलजीविमा झोलुंगे पुल मात्र नभई पक्की पुलका लागि पहल गर्ने बताउनु भएको छ । वर्षाै देखि जौलजीविमा झोलुंगे पुल सञ्चालनमा रहेकाले यस क्षेत्रको विकास र जनताको जनआकांक्षा बमोजिम काम गर्नका लागि जौलजीविमा पक्की पुल निर्माणका लागि पहल गर्ने बताएका छन् । नेपालीले भारतलाई हेरिरहने र भारतले झुक्याइरहने यो विषयमा जोडदारका साथ काठमाण्डौमा आयोजना गरिएको पर्यटन सम्बन्धी छलफलमा राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रदेश सरकारले गर्ने सम्पूर्ण कामहरु गर्ने प्रतिबद्धता जाहेर गर्दै जनताको सेवा गर्ने उद्देश्यका साथ अगाडी बढेको औल्याउनु भएको छ । ऐन नियम र कानुनले गर्न नसकिने कामहरु बाहेक सबै विकास निर्माणहरु तीनै सरकारको समहति र समन्वयमा गर्ने धारणा व्यक्त गर्नु भएको छ । 
राजनीतिक क्रान्तीको अन्त्य भएको भन्दै अबको क्रान्ती आर्थिक क्रान्ती भएकाले सबै क्षेत्रमा रोजागरी सहितका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको आश्वासन दिएका छन् । विभिन्न जडीबुटीहरु उत्पादनका दार्चुलामा प्रचुर सम्भावना बोकेकाले 
४ अर्बको सिन्का बाहिरबाट आउने गरेको भन्दै दार्चुलामा पनि निंगालो र बाँसको खेतीकै रुपमा लगाउन सके पनि सुदूरपश्चिममै सिन्का बनाउन सकिने बताउनु भएको छ । दार्चुला लगायत सबै क्षेत्रमा विभिन्न सम्भावनाहरु रहको बताउदै अबको अभियान विकासको र परिबर्तनको अभियान भएकलो जनताले अनुभूति गर्ने खालको काम गर्ने जिम्मेवारीमा आफूहरु रहेको स्मरण गर्नु भएको छ ।
दार्चुलामा प्रशस्त मात्रामा च्युरी उत्पादन हुने भएकाले च्युउरी उद्योग स्थापन गरी जडीबुटी उत्पादन, भण्डारण र प्रशोधन गर्नका लागि पहल गर्ने बताउनु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकामा च्युउरी उद्योग स्थापना गरी दार्चुला र बैतडीमा उत्पादन भएको च्युउरी प्रशोधन गरिने बताउनु भएको छ । दार्चुला जिल्लामा विभिन्न किसिमका जडीबुटीहरु उपलब्ध हुने भएकाले जडीबुटी उत्पादन र प्रशोधन गर्न सके आर्थिक क्रान्तीमा टेवा पुग्ने बताउनु भएको छ । त्रीदेशीय सीमा क्षेत्रमा रहेको दार्चुला अन्तराष्ट्रिय व्यापारीक केन्द्रको रुपमा स्थापित गरिने मन्त्री भट्टको धारणा छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री