नेपालमा पहिलो पटक मनाइयो पुरुष दिवस ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
 स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो । ‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । साथै, बालक तथा किशोरमाथि भइरहेको यौनदुव्र्यवहारका समस्या समाजमा लुकिरहेकोले त्यसलाई उजागर गर्ने उद्देश्यले दिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले जानकारी दिए । महिलाको अधिकार संकुचित पार्नका लागि नभइ पुरुषहरुलाई पनि प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेका यौनदुव्र्यवहार न्यूनिकरण गर्न पुरुष दिवस मनाइएको उनको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथी पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत भएको भन्दै नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस भएको बताए । यूएन मेन लिड्स नेटवर्कका सदस्यसमेत रहेका पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालको कानूनले महिलालाई जबरजस्तीकरणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको भएपनि पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको बताए ।
साभारः अनलाईनखबर डटकम

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा