कार्यालय सहयोगी झुण्डिएको अवस्थामा मृत फेला ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्लामा आत्महत्याको घट्ना बढ्दै गएका बेला पुनः एक जना घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन । व्याँस गाउँपालिका वडा नम्बर ४ सन्सेराका अन्दाजी वर्ष ६५ का बहादुरसिँह कुवँर आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
व्याँस गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी समेत रहेका कुवँरले हिजो राती आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक कुवँरको शब पोष्टमार्टमका लागि आजै जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिइ मृतक कुवँरको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको हो । 
साँझ सम्म पसलतिर देखिएका थिए तर राती उनले आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको सुन्सेराबाट नयाँ नेपाल सहकर्मी मानसिँह कुवँरले खबर पठाउनु भएको छ ।
दार्चुला जिल्लामा कहिले रुखमा झुण्डिएको अवस्थामा त कहिले घरकै धुरीमा तथा कोठाको पंखामा झुण्डिएका घट्नाहरु बढ्न थालेका हुन् । यसरी आत्महत्याका घट्नाहरु बढ्नु गम्भीर सामाजिक समस्या भएको मानवअधिकारकर्मीहरुको तर्क छ । यसलाई न्युनीकरणका लागि सचेत हुनु जरुरी रहेको उनीहरुको तर्क छ । 
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली