महाकाली नदीमाथि पाचँ काठेपुल रहेको खुलाशा,, तीनओटा काठेपुल नेपाली सुरक्षाकर्मीले भत्काइदिए ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
महाकाली नदीमाथि राखिएका विभिन्न स्थानका अस्थायी काठेपुलहरु नेपाली सुरक्षाकर्मीहरुले भत्काईदिएका छन् । नेपाल सरकारले अनुमित दिएका भन्दा बढी स्थानमा लगाइएका काठेपुलहरु नेपाली सुरक्षाकर्मीले भत्काइदिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनु भयो ।
यसअघि सामुदायिक रेडियो नयाँ नेपाल एफएमबाट भारतद्धारा अनुमति भन्दा बढी स्थानमा काठेपुल शीर्षकमा समाचार प्रशारण गरेपछि भोली पल्टै सशस्त्र प्रहरीको टोली तथा नेपाल प्रहरी टोली खटाइएको थियो । नेपाल सरकारले तम्पाकु र थीइको भीर भन्ने स्थानमा गरी दुई स्थानमा पुल निर्माण गर्न भारतलाई स्वीकृति दिएको थियो । तर भारतले अनुमित भन्दा बढी स्थानमा भारतको मालपा लगाएको विभिन्न स्थानमा महाकाली नदीमाथि अस्थायी काठेपुल निर्माण गरेको थियो । सीमा क्षेत्रमा भारतले यसरी अनुमित विना अस्थायी काठेपुल निर्माण गरेको भन्ने समाचार प्रसारण भएपछि भोलिपल्टै शस्त्र प्रहरी बल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाबाट ३÷४ जना र दुम्लिङबाट नेपाल प्रहरीको टोली खटाइएको थियो । र सीमा क्षेत्रमा भइरहेका गतिविधिहरु लगायतका सूचना संकलनका लागि खटाइएको थियो ।
त्यस क्षेत्रमा खटाइएको नेपाली सुरक्षाकर्मीहरुको टोलीले दोपाखे तथा सो क्षेत्र भन्दा माथि विभिन्न स्थानमा लगाइएका अबैध अस्थायी काठेपुलहरु भत्काएर आएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनु भयो । उहाँका अनुसार भारतले मात्रै नभई सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली तथा भारतका स्थानीयहरु मिली काठेपुल राखेको हुन सक्ने बताउनु भयो ।
तर भारतीय पक्षले सीमा क्षेत्रमा यसरी नेपाली पक्षलाई अनुमति विना पुल लगाउन कुनै पनि हालतमा नदिने स्थानीयहरुको भनाई छ । सीमा क्षेत्रमा भारतले निकै कडाई र ती क्षेत्रहरुमा समेत भारतीय सुरुक्षाकर्मीको गस्ती जाने भएकाले सीमा क्षेत्रमा यस्ता कार्य नेपाली गर्ने नसक्ने स्थानीयहरुको दाबी छ ।
भारतले निर्माण गरिरहेको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माण गरिरहेकाले आबश्यक पर्ने निर्माण सामग्रीहरु ढुवानीका लागि महाकाली नदीमाथि अबैध रुपमा काठेपुल निर्माण गरेको हुन सक्ने कतिपयको भनाई छ । गतवर्ष पनि भारतले विभिन्न स्थानमा अनुमति नै नलिई आधा दर्जन भन्दा बढी काठेपुल निर्माण गरेकाले यो वर्ष पनि ती क्षेत्रमा भारतले नै आफ्नो फाईदाका लागि पुल निर्माण गरेको हुन सक्ने आंकलन गरिएको छ । तर भारतले नै काठेपुल राखेको भन्न नमिल्ने प्रमुख जिल्ला अधिकारीको संकेत छ ।
यसरी हेर्दा महाकाली नदीमाथि ५ काठेपुल रहेको खुलाशा भएको छ । नेपाल सरकारले काठेपुल राख्न स्वीकृति दिएको व्याँस गाउँपालिका वडा नम्बर २ को तम्पाकु र थीइको भीरमा दुई ओटा काठेपुल र दोपाखे तथा सो क्षेत्र भन्दा माथि तीन स्थानमा गरी पाँच ओटा काठेपुल रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । नेपाल सरकारले दुई स्थानमात्रै स्वीकृति दिएका भएपनि महाकाली नदीमाथि ५ ओटा काठेपुल निर्माण गरिएकाले तीन ओटा काठेपुलहरु नेपाली सुरक्षाकर्मीले भत्काएर आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । 
महाकाली नदीमाथि निर्माण गरिएको अबैध पुल नेपाली  सुरक्षाकर्मीले भत्काएको खबर सुनेर स्थानीयहरुले राष्ट्रियता प्रतिको महान कार्य भनि प्रतिक्रिया दिएका छन् । सुरक्षाकर्मीले गरेको यो कार्यले मातृभूमि रक्षाका लागि नेपाली सुरक्षाकर्मीहरु पनि चनाखो छन् भन्ने सन्देश दिएको स्थानीयहरुको भनाई छ । सीमा क्षेत्रमा भारतको ज्यादती पनि सुरक्षाकर्मीहरुको यो कार्यले निरुत्साहित हुने कतिपयको ठम्याई छ । भारतले सीमा क्षेत्रमा मनपरी गर्दा समेत नेपाली पक्ष मुकदर्शक मात्रै हुन विगतको प्रबृत्तिले भारतको मनपरि मौलाएको छ । यसरी गत वर्ष केही स्थानमा भारतले निर्माणका गरेका अबैध काठेपुलहरु स्थानीयहरुले भत्काइदिएका थिए भने यो वर्ष नेपाली सुरक्षाकर्मीहरु नै तैनाथ भएर काठेपुल भत्काउनुले नेपालीहरुको स्वभिमान उचो हुने टिप्पणी हुन थालेको छ । त्यति मात्र नभई सीमा क्षेत्रमा बेला बेला नेपाली सुरक्षाकर्मीको गस्ती हुने भए अझ नेपालीहरुको ठाडो हुने प्रतिक्रिया राजनीतिक दलहरुको पनि छ ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को