कर्तब्य ज्यान मुद्दा अभियोगमा पक्राउ परेकाहरुलाई थुनछेक गर्न अदालतको आदेश ।।

नयाँ नेपाल समाचा, दार्चुला ।
दार्चुलाको पनेबाँज घट्नामा संलग्न आरोपमा पक्राउ परेकाहरुमाथि जिल्ला अदालतले थुनछेक आदेश दिएको छ । जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले पनेबाँज कर्तब्य ज्यान मुद्दा आरोपमा पक्राउ परेकाहरु पाँचै जनामाथि सोमबार थुनछेक आदेश दिएका हुन् ।
असोज २९ गते पनेबाँजबाट हराएका ५८ वर्षिय दानसिँह धामीको हत्या अभियागमा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का गोपालदत्त जोशी, गणेशदत्त मिश्र, मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का किसनसिँह धामी, तरासिँह धामी र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का जयसिँह धामी पक्राउ परेका थिए । असोज २९ गतेदेखि घरबाट हराएका शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का दानसिाह धामी कात्र्तिक २ गते पनेबाँज सातपातली कुम्रेसैन भन्ने स्थानमा मृत अवस्थामा मृत फेला परेका थिए ।
उक्त कर्तब्य ज्यान मुद्दामा संलग्न अभियोगमा पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको थियो । जिल्ला अदालतले उक्त मुद्दा किनारा नलाग्दासम्मका लागि न्यायिक हिरासत अर्थात् थुनछेक आदेश दिएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार किरण सिंहले बताउनु भयो ।
यसअघि पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालतले सोमबार पाँचैजनालाई थुनछेक आदेश दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबक्ता एवं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताउनु भयो । जिल्ला अदालतले थुनछेक आदेश दिएपछि पाँचै जनालाई पुरपक्षका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी प्रबक्ता बोहराले बताउनु भयो ।