जौलजीवि मेलामा चिनियाँ व्यापारी आउन छाडे ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सयौँ वर्ष पहिलेदेखि लाग्न थालेको जौलजीवि मेला अहिले पनि प्रत्येक वर्ष लाग्ने गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजीवि र नेपालको जौलजीविको ठिक्क पारी भारतमा पनि जौलजीवि मेला लाग्ने गरेको छ ।
महाकाली नदी र भारतको गोरी नदीको संगम स्थल महालकाली नदी किनामा अवस्थित जौलजीविमा प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । एक शताब्दी भन्दा बढी समय पहिलेदेखि लाग्ने जौलजीविमा हुने व्यापार विस्तारै कम हुदै गएको स्थानीयहरुको भनाई छ ।
१ सय १० वर्ष भन्दा पहिलेदेखि लाग्ने जौलजीवि मेलामा पहिलो जस्तो व्यापार नहुने गरेको व्यापारीहरुले बताएका छन् । पहिले पहिले चाइनीज व्यापारीहरु पनि आउने गरेकामा अहिले चाइनीज व्यापारीहरु नआउने गरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजीविका गजेन्द्र बहादुर पालले बताउनु भयो । “पहिले पहिले जौलजीवि मेलामा नेपालका मात्र नभई चीन, भारतका व्यापारीहरु पनि आउथे, अहिले चाइनीज व्यापारीहरु आउदैनन्” ७५ वर्ष कटेका स्थानीय गजेन्द्र बहादुर पालले भन्नु भयो । 
आज भन्दा करिब एक दशक पहिले चाइनीज व्यापारीहरु तथा भारतीय व्यापारीहरु समेत आउदाँ त्रीदेशी व्यापारीक केन्द्र जस्तो बन्ने जौलजीवि मेलामा विस्तारै व्यापार घट्दै गएको व्यापारीहरुको गुनासो छ । ऐतिहासिक र पौराणिक हिसाबले अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिएको जौलजीवि मेलामा पछिल्लो समय व्यापारमा आएको गिराउवटले स्थानीय व्यापारीहरु देखि जिल्ला बाहिरका व्यापारीहरु पनि चिन्तित भएका छन् ।
परम्पारगत व्यापारलाई आधुनिक युगले प्रभाव पारेको बुढापाकाहरुको भनाई छ । चीनबाट सामानहरु नेपालका अन्य विभिन्न नाकाहरुबाट नेपाल भित्रिने गरेकाले यहिले चिनीयाँ व्यापारीहरु आउन छाडेको हुन सक्ने स्थानीय लक्ष्मी विश्वकर्माले बताउनु भयो । अहिले चीनमै व्यापार फस्टाएकाले पनि चिनियाँ व्यापारीहरु जौलजीवि मेलामा आउन छोडेको हुन सक्ने अनुमान गरिएको छ । सयमसंगै विभिन्न प्रविधिहरु पनि विकसित हुदै गएकाले जौलजीवि मेलाको व्यापार घट्दै गएको स्थानीयहरुको भनाई छ ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा