जौलजीवि मेलामा जुम्ली घोडाको व्यापार घट्दै !

नयाँ नेपाल समाचार, दाचृुला ।
जुम्ली घोडाको व्यापारले समेत परिचित जौलजीवि मेलामा पछिल्लो समय घोडाको व्यापार पनि ओरालो तिर लागेको देखिन्छ । जुम्लाको घोडाको व्यापार हुने, विभिन्न स्थानीय देखि स्वदेशी विदेशी सामग्रीहरुको व्यापार हुने मेलाको अन्तर्राष्ट्रिय स्तरमा पनि जौलजीवि मेलाको चर्चा हुने गरेको छ ।
विगत लामा समयदेखि जुम्ला जिल्लाबाट तथा बाजुर जिल्लाबाट घोडाको व्यापारका लागि व्यापारीहरु आउने गरेका छन् । उनीहरुका अनुसार पछिल्लो ३÷४ वर्ष पश्चात् घोडाको व्यापार निराशाजनक भएको बताउनु भयो । विगत २०÷२५ वर्षदेखि जुम्लाका घोडा ल्याएर व्यापार गर्दै आएका जुम्ला चन्दननाथ नगरपालिका ८ का व्यापारी दयाकृष्ण धरालाले घोडाको व्यापार लोप हुने सक्ने चिन्ता व्यक्त गर्नु भएको छ ।
विगत २०÷२५ वर्षदेखि जुम्लाबाट घोडा ल्याएर जौलजीविमा घोडाको व्यापार गर्दै आएका जुम्लाका दयाकृष्णका अनुसार विगत ३÷४ वर्षदेखि घोडाको व्यापार घट्दै गएको छ । दार्चुला जिल्ला लगायत विभिन्न क्षेत्रमा सवारी साधान सञ्चालन हुन थालेपनि घोडाको व्यापार घटेको व्यापारी धरालाले बताउनु भयो । २०७३ सालमा १४ घोडा बिक्री गरेका दयाकृष्णले यो वर्ष भने हिजोसम्म एउटै घोडा समेत बेच्न सकेका छैनन् । यस्तै गत वर्ष १० घोडा बेचेको बताउदै व्यापारी धरालाले घोडाको व्यापार घट्दै गएको बताउनु भयो । यसरी वर्षैपिच्छे घोडाको व्यापार घट्दै गएको बताउनु भयो ।
“सबै ठाउमा सवारी साधान सञ्चालन हुन थाले, त्यसैले पनि घोडाको व्यापार घट्दै गएको हो” व्यापारी धरालाले भन्नु भयो । सवारी साधनको रुपमा तथा सामग्री ढुवानीमा प्रयोग गरिने घोडाहरु पछिल्लो समय कम बेचिने गरेका छन् । सबै जसो स्थानमा मोटर गाडी चल्न थालेका घोडाको व्यापार कम हुदै गएको व्यापारीको भर्नाइ छ ।
यो वर्ष पनि ३५ घोडा ल्याएर आएको तर मंगलबारसम्म घोडा नबेचिएको उहाँको भनाई छ । यसरी नै घोडाको व्यापार घट्दै गए केही वर्षमा घोडाको व्यापार लोप हुने व्यापारी दयाकृष्ण धरालाले बताउनु भयो ।
सयौँ वर्ष पहिलेदेखि प्रत्येक वर्ष नेपाल तर्फ मंसिर १ गते र भारततिर कात्र्तिक २८÷२९ गतेदेखि नै जौलजीवि मेला लाग्ने गरेको छ । यो वर्ष पनि भारततर्फ कात्र्तिक २८ गते जौलजीवि मेला उत्घाटन भएको थियो भने नेपाल तर्फ पहिलो पटक जौलजीवि ऐतिहासिक महोत्सवको आयोजना गरिएको थियो । मालिकार्जुन गाउँपालिकाको आयोजनामा सञ्चालित प्रथम जौलजीवि ऐतिहासिक महोत्सव आज समापन गरिएको छ । गाउँपालिकाको आयोजनामा पहिलो पटक जौलजीवि ऐतिहासिक महोत्सवको आयोजना गरिएको थियो ।
मालिकार्जुन गाउँपालिकामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण तथा प्रबद्र्धन गर्न र स्थानीय संस्कृति, भेषभुषा जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल आयोजक समिति संयोजक एवं मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकेन्द्रसिँह धामीले बताउनु भयो ।
 

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा