जात्राको बेला गाडीहरुमा ब्रह्मलुट : बसमा दोब्बर भाडा, ६ हजार भन्दा कममा जीपहरु चलेनन् ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
गाडी चालकहरु तथा गाडी शाहुले यातायातको सुविधा स–संगै नागरिकहरुको ढाड सेक्ने काम गरिरहेका छन् । गाडीहरुमा कहिले निर्धारित भन्दा बढी भाडा असुल्ने गरेका छन् भने कहिले क्षमता भन्दा बढी यात्रु हालेर निर्वाध रुपमा सवारी साधन सञ्चालन हुदै आएका छन् ।
विभिन्न सयमा मौकाको फाईदा उठाई नागरिकको ढाड सेकिने गरेर भाडा असुल्ने सवारी चालक तथा गाडी धनीहरुले मालिकार्जुन जात्राको बेला पनि मौकामा चौका हानेका छन् । मालिकार्जुन मन्दिरको जात्रा भन्दा केही दिन अघि ट्राफिक प्रहरीले दार्चुला जिल्लामा सञ्चालित जीपहरुको पछाडीको सीट हटाएको थियो ।
यसरी प्रहरीले जीपहरुको पछाडीका सीट अबैधानिक भन्दै हटाइदिएपछि जीप चालकहरु पूर्व निर्धारित भाडाँमा चल्न निकै अटेरी गरेका छन् । यस्तै मालिकार्जुन जात्राका दिन भने जीपहरु ६ हजार भन्दा कम भाडाँमा चल्नै मानेका थिएनन् । १४ जना भन्दा बढी बोक्ने जीपहरुको पछाडीका सीट हटाएपछि जीपहरुले ६ जनाबाटै पछाडीका सीटहरुको समेत भाडा असुल्न बढी भाडा असुलेको यात्रुहरुको आरोप छ । बुकिङमा मात्रै जीपहरु चलेको यात्रुहरुको गुनासो छ । 
जीपहरुले जात्राको समयमा सीट नभएपनि पछाडी यात्रु हालेर जीप सञ्चालन भएका छन् । प्रहरीले जीपहरुमा पछाडी यात्रु बोक्न नदिन सीट हटाइदिएपनि सीट नभएका जीपका पछाडी डिब्बामा पनि यात्रुहरु बोक्ने गरेका छन् । जसले गर्दा प्रशासनले जीपहरुको अबैधानिक पछाडीको सीट हटाएको कार्यले सफलता नपाएको देखिन्छ ।
जात्राको समयमा मात्रै आपसी सहमती र मालिकार्जुन जात्रामा जाने दर्शनार्थीहरुको चाँपलाई मध्य नजर गरी केही खुकुलो बनाइएको प्रहरी स्रोतले बताएको छ । श्रोतका अनुसार अबदेखि त्यसरी सीट हटाइएको जीपमा पछाडी यात्रु बोक्न पाउने छैनन् ।
बसमा दोब्बर भाँडा
यस्तै बसहरुले पनि मालिकार्जुन जात्राको बेला मौकामा चौका हानेका छन् । क्षमता भन्दा बढी यात्रु मात्रै  नभई बसहरुले मालिकार्जुनको चैतलचौरादेखि खलंगासम्म दोब्बर भाडा असुलेका छन् । मालिकार्जुन देखि खलंगासम्म १ सय ५० रुपैयाँ भाँडा निर्धारण गरेको भएपनि बसहरुले पनि तीन सय भाँडा असुलेको जात्राको दिन खलंगा आएका गजबहादुर गोयलाले बताउनु भयो ।
तर मालिकार्जुन देखि खलंगासम्मको भाँडा १ सय ५० मात्रै रहेको महाकाली यातायात बस व्यवसाय समिति दार्चुलाका बुकिङ कलर्क लबराज अवस्थीले बताउनु भयो । नम्बरमा चलेको गाडी यसरी दोब्बर भाडाँ असुल्न नपाउने बुकिङ कलर्क अवस्थीको भनाई छ । बुकिङमा गएका गाडीको भाडाँ निर्धारण नगरिएकाले उहाँको भनाई छ ।
यसरी सवारी साधनहरुले कसैले बोकिङको बाहानामा र मौकामा चौका हान्ने सवारी चालक तथा गाडी धनीहरुको यो प्रबृत्तिले दोब्बर भाँडा तिर्नु परेको छ । विगतदेखि नै सवारी चालकहरुले भनेकै भाँडा नदिए गाडीमै चढ्न नदिने गरेको सर्वसाधारणहरुको गुनासो छ ।
गाडी भाडा बृद्धि भएपश्चात् दार्चुला देखि गोकुलेश्वरसम्मको भाडा तीन सय निर्धारण गरिउको छ । तर मालिकार्जुन जात्राको समयमा बसहरुले मालिकार्जुनको चैतलीचौरदेखि खलंगासम्मको भाँडा ३ सय लगेका छन् । तीन सय भाँडा नतिर्नेहरुलाई बसबाटै ओरालिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । यसरी यातायातमा मनपरी चल्दा पनि कारबाहीको पाटो भने दार्चुलामा निकै कमजोर भएको स्थानीयहरुको गुनासो छ ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य